काठमाडौं । बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडले चालू आर्थिक वर्ष (आव)को तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीले तेस्रो त्रैमाससम्ममा रू. १० लाख २० हजार नाफा कमाएको छ ।
गत आवको यसै अवधिमा भने कम्पनी रू. ३४ लाख १६ हजार नोक्सानीमा थियो । चालू आवमा कम्पनीको विद्युत् विक्री आम्दानीमा वृद्धि भएसँगै नाफामा गएको हो । गत आवमा कम्पनीले विद्युत् विक्रीबापत रू. १२ करोड ५५ लाख आम्दानी गरेकोमा चालू आवमा बढेर रू. १२ करोड ७९ लाख पुगेको हो ।
कम्पनी नाफामा भएसँगै प्रतिशेयर आम्दानी ३४ पैसा धनात्मक छ । त्यस्तै कम्पनीको प्रतिशेयर नेटवर्थ रू. ९१ दशमलव २७ रहेको छ । चुक्ता पूँजी रू.४० करोड रहेको कम्पनीको रिटेन्ड अर्निङ भने रू. ४ करोड ८२ लाख ऋणात्मक छ ।
कम्पनीले हाल कायम चुक्ता पूँजी १५० प्रतिशत हकप्रद शेयर निष्कासन गर्न विद्युत् नियमन आयोगमा पूर्वस्वीकृति मागेको छ ।