काठमाडौं । समाजसेवामा क्रियाशील २३ व्यक्ति र संस्थालाई राष्ट्रिय समाजसेवा सम्मान (नेसनल सोसल वेयलफेयर अवार्ड) दिइएको छ ।
सिजन मिडिया प्रालिले आज आयोजना गरेको कार्यक्रममा उपसभामुख इन्दिरा राना र प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले विभिन्न व्यक्ति तथा संस्थालाई सम्मान गरे ।
उक्त अवार्डबाट सम्मानित हुनेमा एसिड पीडितका उद्धारकर्ता उज्वलविक्रम थापा, बाल मजदुर सरोकार केन्द्र (सिविन), मुटुरोग विशेषज्ञ डा. कमल शर्मा लम्साल, रक्षा नेपालका संस्थापक मेनुका थापा, नेपाल रेडक्रस सोसाइटीका स्वयंसेवक नारायणकुमार श्रेष्ठ, मानव बेचबिखनविरुद्धका अभियानकर्मी इन्द्रराज भट्टराई र टोपबहादुर मल्ल छन् । यस्तै, संरक्षण अभियन्ता बल्लु गुप्ता, समाजसेवीहरू प्रेमकुमार खत्री, सरु सुवेदी, रोजिना विष्ट, दिनेश उप्रेती, हिमालयन एनिमल ट्रष्टका संस्थापक खगेश्वर शर्मा भट्टराई, डोल्पाली चिकित्सक डा. अखण्ड उपाध्याय, व्यावसायिक कृषक यादव ढकाल, सूर्यविनायक नगर अस्पताल र चिकित्सक डा. मनिषा कार्कीलाई पनि उक्त सम्मान दिइएको छ ।
यस्तै विशेष समाजसेवा सम्मानबाट सम्मानित हुनेमा ललितपुरका समाजसेवी सुलोचना शाक्य, लायन्स इन्टरनेसनलका सेकेण्ड सेञ्चुरी एम्बेसडर अनन्तप्रसाद भेटुवाल, समाजसेवी तथा व्यवसायी लायन मानबहादुर रोका, राष्ट्रिय समाचार समिति (रासस)का शिक्षा पत्रकार प्रकाश सिलवाल, किवानिज क्लब नेपालका डिस्ट्रिक्ट डिभिजन–३ एलटी गभर्नर (इलेक्ट) प्रमिला लामिछाने, मकवानपुरको थाहा इन्भेस्टमेन्ट ग्रुप र काठमाडौ्रको बागमती सफाइ महाभियानका प्रतिनिधि छन् ।
सिजन मिडियाका अध्यक्ष प्रदीपराज वन्तले समाजसेवामा पुर्याएको योगदानका लागि विभिन्न व्यक्ति र संस्थालाई सम्मान दिइएको बताए ।