फागुन २५, काठमाडौं । साताको दोस्रो दिन नेप्से परिसूचक ५ दशमलव २८ अङ्क (शून्य दशमलव ५४ प्रतिशत) बढेको छ । सोमवार बजार खुलेदेखि उकालो लाग्न थालेको नेप्से परिसूचक ४५ मिनेटको व्यापारमा ९ सय ९२ दशमलव ९२ अङ्कमा उक्लिएको थियो । त्यसपछि विस्तारै ओरालो लाग्न थालेको नेप्से परिसूचक ९ सय ८८ दशमलव ७७ मा पुगेर बजार बन्द भयो । सोमवार नेप्सेमा व्यापार भएका १ सय ५४ कम्पनीमध्ये ९४ कम्पनीको शेयरमूल्य बढ्यो, ४७ कम्पनीको घट्यो र १३ कम्पनीको स्थिर र≈यो । सो दिन नेप्सेको एडी रेशियो २ अङ्क रहेको छ । यसले बजार बुलिश प्रवृत्तिमा रहेको देखाउँछ । नेप्सेको १४ दिने रिलेटिभ स्ट्रेन्थ इण्डेक्स (आरएसआई) अहिले न्यूट्रल जोन अथवा ५५ दशमलव ७७ स्केलमा रहेको छ । यसले बजारमा शेयरको विक्री र खरीद चाप सन्तुलनमा रहेको देखाउँछ । अघिल्लो व्यापार दिनको तुलनामा सोमवार कुल कारोबार रकम १९ दशमलव ६६ र कुल कारोबार सङ्ख्या ३० दशमलव ७६ प्रतिशतले बढ्यो । त्यसैगरी, सोही अवधिमा व्यापारमा आएका कम्पनीको सङ्ख्या ७ ले बढ्यो र कुल शेयर सङ्ख्या ३६ दशमलव ४६ प्रतिशतले बढ्यो । सोमवार नेप्सेमा २ हजार ४ सय २ व्यापारबाट १ सय ५४ कम्पनीको ८ लाख २८ हजार कित्ता शेयर खरीदविक्री भयो । यसबाट रू. ३० करोड ९४ लाख रकम परिचालन भयो भने रू. १० खर्ब १४ अर्बको कुल बजार पूँजीकरण भयो । सो दिन प्रभु बैङ्कको सर्वाधिक रू. २ करोड ५६ लाखबराबरको शेयर खरीदविक्री भयो । सोमवार माउण्ट मकालु डेभलपमेण्ट बैङ्कको शेयरमूल्य सर्वाधिक ९ दशमलव ९८ प्रतिशतले बढ्यो । त्यसैगरी, जेबिल्स फाइनान्सको शेयरमूल्य सबैभन्दा बढी ९ दशमलव ८३ प्रतिशतले घट्यो ।
जलविद्युत् समूहलाई चिलिमेको टेवा
सानिमामाई हाइड्रोपावरको शेयरमूल्य रू. ४ ले घटे पनि बाँकी जलविद्युत् कम्पनीको शेयरमूल्य बढेपछि उक्त समूहको परिसूचक सर्वाधिक १ दशमलव ४९ प्रतिशतले बढेको छ । सोमवार चिलिमे हाइड्रोपावरको शेयरमूल्य रू. ३४, नेशनलको रू. ७, रिडीको रू. ५ र अरुण भ्यालीको रू. ४ ले बढेको छ ।
सीआईटीले बढायो वित्त कम्पनी परिसूचक
सोमवार व्यापारमा आएका अधिकांश वित्त कम्पनीको शेयरमूल्य बढेपछि उक्त समूहको परिसूचक शून्य दशमलव ७१ प्रतिशतले बढेको छ । शेयरमूल्य बढ्ने कम्पनीमध्ये नागरिक लगानी कोष (सीआईटी)को शेयरमूल्य सर्वाधिक रू. ५१ ले बढेपछि उक्त समूहको परिसूचक बढ्नमा टेवा पुगेको हो । सो दिन जेबिल्स फाइनान्सको शेयरमूल्य सबैभन्दा बढी रू. १८ ले घटेको छ ।
सोल्टीले घटायो होटल समूह परिसूचक
ओरियण्टल होटलको शेयरमूल्य रू. ९ ले बढे पनि सोल्टी होटलको शेयरमूल्य रू. ५ ले घटेपछि उक्त समूहको परिसूचक शून्य दशमलव ५९ प्रतिशतले घटेको छ । सोमवार तारागाउँ होटलको शेयरमूल्य रू. २ सय ७५ मा स्थिर र≈यो ।