ड्ड भारतीय भूपू सैनिकको सपना पूरा हुँदै
१ अर्ब २८ करोडको परियोजना
निःशुल्क सैनिक अस्पताल र सैनिक विद्यालय
भारतबाट वार्षिक ५ अर्बभन्दा बढी रुपैया“ आउने
बीपी गौतम
फागुन २७, रुपन्देही । विगत लामो समयदेखि पश्चिम नेपालका भारतीय भूपू सैनिकका लागि प्रतीक्षाको विषय बनेको भारतीय स्थायी पेन्सन क्याम्पको सपना अब पूरा हुने भएको छ । बुटवलमा अस्थायी पेन्सन क्याम्प रहेकोमा त्यसलाई स्थायी संरचनाको बनाउने पहल शुरू भएको हो ।
भारतीय स्थायी पेन्सन क्याम्प बुटवलमा स्थापना भएपछि ३५ हजारभन्दा बढी भूपू सैनिकले पेन्सनलगायतका विभिन्न सुविधा यहीँबाट प्राप्त गर्नेछन् । १ अर्ब २८ करोड रुपैयाँ लगानीमा स्थायी पेन्सन क्याम्प निर्माण गर्ने तयारी भइरहेको भूपू सैनिक कल्याणकारी महासङ्घले जानकारी दिएको छ । स्थायी क्याम्प निर्माण भएपछि भारतबाट वार्षिक ५ अर्बभन्दा बढी रुपैया“ बुटवलमा आउनेछ ।
क्याम्प निर्माणका लागि अहिले जग्गाको खोजी भइरहेको र जग्गा प्राप्त हुनासाथ निर्माण कार्य अगाडि बढ्ने महासङ्घले बताएको छ । हाल जिल्ला सैनिक बोर्ड रहेको बुटवलको फूलबारीमा करीब १ बिगाहा जग्गा रहेको र थप १५ कट्ठा जग्गा सोही स्थानमा उपलब्ध भएमा परियोजना अघि बढ्ने महासङ्घका महासिचव कुलबहादुर केसीको भनाइ छ ।
भारतले धेरै वर्षदेखि स्थायी क्याम्प निर्माणका लागि बजेट विनियोजन गरे पनि भूपू सैनिकसम्बद्ध सङ्घ–सङ्गठनबीच कुन स्थानमा क्याम्प बनाउने भन्ने विषयमा कुरा मिल्न सकेको थिएन । अहिले बुटवलमा स्थायी क्याम्प बनाउने विषयमा सबै भूपू सैनिक सहमत भएका छन् । योस“गै स्थायी क्याम्प निर्माणको प्रक्रिया अघि बढेको हो ।
परियोजनाअन्तर्गत स्थायी पेन्सन क्याम्पस“गै निःशुल्क सैनिक अस्पताल, सैनिक विद्यालय पनि निर्माण गरिनेछ । ‘परियोजनाका लागि जग्गा लिने विषयमा सबै सहमत हुनुहुन्छ भन्ने हाम्रो विश्वास छ,’ केसीले भने, ‘यसबाट सयौं जना स्थानीयले रोजगारी पाउनेछन् ।’ महासङ्घको राष्ट्रिय भेलाले बुटवलमा स्थायी पेन्सन क्याम्प स्थापना गर्न आवश्यक पहल गर्ने निर्णय गरिसकेको छ ।
हाल नेपालमा १ लाख २५ हजार भारतीय भूपू सैनिक छन् भने वार्षिक करीब ३० अर्ब रुपैया“ पेन्सनस्वरूप नेपालमा आउने गर्दछ । हाल नेपालमा तीनओटा स्थायी पेन्सन क्याम्प र २६ ओटा अस्थायी आवधिक पेन्सन क्याम्प रहेका छन् । बुटवलमा स्थायी पेन्सन क्याम्प बनेपछि पूर्व नारायणीदेखि पश्चिम महाकालीसम्मका भूपू सैनिक र तिनका परिवारले यसबाट प्रत्यक्ष फाइदा लिनेछन् ।