फागुन २५, काठमाडौं । एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल र नेपालका लागि अमेरिकी राजदूत पिटर डब्ल्यू बोडीबीच सोमवार भेटवार्ता भएको छ । अध्यक्ष दाहालको निवास लाजिम्पाटमा भएको भेटवार्तामा संविधान निर्माण, दलहरूबीच शुरू भएको छलफल र संविधान निर्माण जारी गर्ने नयाँ मितिलगायतका विषयमा छलफल भएको थियो । राजदूत बोडीले सहमतिका आधारमा संविधान निर्माण प्रक्रियालाई टुङ्गो लगाएर मुलुकलाई आर्थिक विकासको दिशामा अगाडि बढाउन अध्यक्ष दाहाललाई आग्रह गरेका थिए ।
राजदूत बोडीको जिज्ञासामा अध्यक्ष दाहालले दलहरूबीच संवादको प्रक्रिया शुरू भएकाले विगतको सहमति तथा सम्झौताका आधारमा सहमति भई संविधान जारी हुने विश्वास व्यक्त गरेको अध्यक्ष दाहालका सहयोगी शिव खकुरेलले जानकारी दिए । रासस
Newsletter Subscribe to our news letter for daily news directly in your Mail box.
© 2024 New Business Age Ltd. All rights reserved.