काभ्रेपलाञ्चोकमा सवा तीन अर्ब बढीको बजेट सार्वजनिक
५ सय ५६ मेगावाटको विद्युत आयोजनाका लागि सम्भाव्यता अध्ययन गरिने
फागुन २७, काभ्रे । काभ्रेपलाञ्चोक जिल्ला भएर बग्ने सुनकोसी नदीको मादनकुडारी गाविसस्थित दोभानटारमा बाँधबाधी जलाशययुक्त विद्युत् आयोजनाबाट ५ सय ३६ मेगावाट विद्युत् उत्पादन गर्न प्रारम्भिक सम्भाव्यता अध्ययन गरिने भएको छ ।
जिल्ला विकास समिति काभ्रेपलाञ्चोकले आर्थिक वर्ष २०७२÷७३ का लागि सार्वजनिक गरेको सवा तीन अर्ब बढीको बजेटमा उक्त आयोजनाको निर्माणका लागि अध्ययन गर्न बजेट छुट्ट्याईएको हो । उक्त आयोजनाका लागि जिल्लाका सबै जसो राजनीतिक दलले स्वीकृती दिएका छन् ।
जिविसले बुधबार धुलिखेलमा रू. तीन अर्ब २६ करोड ६८ लाख ३० हजार बराबरको बजेट, नीति तथा कार्यक्रम सार्वजनिक गरेको हो । जिविसको २३औँ जिल्ला परिषद्मा जिल्लाका सभासदहरु र सम्बन्धित क्षेत्रका अन्य ब्यक्तिहरुले संयुक्तरुपमा सो बजेट सार्वजनिक गरेका छन् ।
सार्वजनिक भएको बजेटमध्ये कुल चालु तर्फ रू.एक अर्ब ८५ करोड ४२ लाख ५५ हजार र पूँजीगत तर्फ रू. एक अर्ब ४१ करोड २५ लाख ७५ हजार रहेको छ ।परिषद्ले पाँचखालमा निजी साझेदारी अवधारणा अनुसार कृषि क्याम्पस सञ्चालन गर्नर जिल्लाको डाँडापारी क्षेत्रमा विद्युत् विस्तारलाई जोड दिनेलगायतका २४ बँुदे विशेष प्रस्तावसमेत पारित गरेको छ ।
कार्यक्रममा स्थानीय विकास अधिकारी चिरञ्जीवी तिम्सिनाले जिल्लामा भएका प्रगती विवरण प्रस्तुत गरेका थिए । रासस
५ सय ५६ मेगावाटको विद्युत आयोजनाका लागि सम्भाव्यता अध्ययन गरिने
फागुन २७, काभ्रे । काभ्रेपलाञ्चोक जिल्ला भएर बग्ने सुनकोसी नदीको मादनकुडारी गाविसस्थित दोभानटारमा बाँधबाधी जलाशययुक्त विद्युत् आयोजनाबाट ५ सय ३६ मेगावाट विद्युत् उत्पादन गर्न प्रारम्भिक सम्भाव्यता अध्ययन गरिने भएको छ ।
जिल्ला विकास समिति काभ्रेपलाञ्चोकले आर्थिक वर्ष २०७२÷७३ का लागि सार्वजनिक गरेको सवा तीन अर्ब बढीको बजेटमा उक्त आयोजनाको निर्माणका लागि अध्ययन गर्न बजेट छुट्ट्याईएको हो । उक्त आयोजनाका लागि जिल्लाका सबै जसो राजनीतिक दलले स्वीकृती दिएका छन् ।
जिविसले बुधबार धुलिखेलमा रू. तीन अर्ब २६ करोड ६८ लाख ३० हजार बराबरको बजेट, नीति तथा कार्यक्रम सार्वजनिक गरेको हो । जिविसको २३औँ जिल्ला परिषद्मा जिल्लाका सभासदहरु र सम्बन्धित क्षेत्रका अन्य ब्यक्तिहरुले संयुक्तरुपमा सो बजेट सार्वजनिक गरेका छन् ।
सार्वजनिक भएको बजेटमध्ये कुल चालु तर्फ रू.एक अर्ब ८५ करोड ४२ लाख ५५ हजार र पूँजीगत तर्फ रू. एक अर्ब ४१ करोड २५ लाख ७५ हजार रहेको छ ।परिषद्ले पाँचखालमा निजी साझेदारी अवधारणा अनुसार कृषि क्याम्पस सञ्चालन गर्नर जिल्लाको डाँडापारी क्षेत्रमा विद्युत् विस्तारलाई जोड दिनेलगायतका २४ बँुदे विशेष प्रस्तावसमेत पारित गरेको छ । कार्यक्रममा स्थानीय विकास अधिकारी चिरञ्जीवी तिम्सिनाले जिल्लामा भएका प्रगती विवरण प्रस्तुत गरेका थिए । रासस