फागुन २५, काठमाडौं (अस) । नेपालका लागि भारतीय राजदूत रणजीत रायले नेपालमा कुनै पनि समस्या पर्दा समाधानका लागि भारत सधैं तयार रहेको बताएका छन् । टर्किस एयरलाइन्सको एयरबस ३३० को दुर्घटनाग्रस्त जहाज त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको रनवेबाट हटाउन सफल इण्डियन एयरलाइन्सको टोलीसहित नेपाली टोलीसँग सोमवार भारतीय राजदूतावसमा आयोजित विशेष भेटमा उनले यस्तो बताएका हुन् । ‘नेपालको समस्यालाई हामीले आफ्नो समस्या सम्झेर सहयोग गर्दै आएका छौं,’ उनले भने ।
आफूहरूले उच्चतम प्रविधिको प्रयोग गरेर धावनमार्गबाट विमान हटाएको उनको भनाइ छ । विमान हटाउन नेपाली सेना र नेपाल प्रहरीको टोलीले पनि दिनरात काम गरेको भन्दै उनले प्रशंसा गरे । नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक रतीशचन्द्रलाल सुमनले विमान हटाउन विशेष भूमिका निर्वाह गरेको उद्धार टोलीलाई धन्यवाद दिए । भविष्यमा आउन सक्ने चुनौतीलाई ध्यानमा दिई आवश्यक उपकरण ल्याउनेबारे छलफल बढाइएको उनको भनाइ छ ।
Newsletter Subscribe to our news letter for daily news directly in your Mail box.
© 2025 New Business Age Ltd. All rights reserved.