फागुन २६, काठमाडौँ। नेपाल वायु सेवा निगमको नयाँ जहाज‘सगरमाथा’मा समस्या आएपछि उडान अवरुद्ध भएको छ । एक महीना पहिले माघ २५ गते ल्याइएको निगमको एयरबसमा प्राविधिक समस्या उत्पन्न भएपछि उडान गर्न नसकिएको हो । जहाजले फागुन १५ बाट सेवा दिदैं आएको थियो ।
निगमका प्रवक्ता रामहरि शर्माले दिएको जानकारीअनुसार गम्भीर प्राविधिक समस्या उत्पन्न भएपछि मङ्गलबारको उडान स्थगित भएको बताए । प्राविधिक समस्याका कारण उडान हुन नसकेपछि विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ग्राउन्डेड भएको छ । प्रवक्ता शर्माले एयरबसको सामान सिङ्गापुरबाट ल्याउनुपर्ने भएकाले बुधबार मात्रै आइपुग्ने र मर्मत गरिने बताए । सिङ्गापुरबाट हङकङ हुँदै सामान मङ्गलबार राति मात्रै काठमाडौँ आइपुग्ने छ ।
टर्किस एयरको जहाज दुर्घटनाका कारण यात्रुको चाप बढिरहेको बेला थप उडान गर्नुपर्ने समयमा जहाजमा समस्या आउनुले यात्रु थप मारमा पर्ने स्थिति देखिएको छ । गत माघ २५ गतेमात्रै ३२०–२२० मोडलको सो जहाज नेपाल भित्र्याइएको थियो । जहाजमा समस्या देखिएपछि निगमले सोमबार रातिको उडान स्थगित गरेको थियो । उडान नभएपछि निगमले यात्रुलाई राजधानीको एक होटलमा आवासको व्यवस्था मिलाएको छ । सोमबार निगमको जहाजले बैङ्कक उडान गर्ने तालिका थियो । रासस
Newsletter Subscribe to our news letter for daily news directly in your Mail box.
© 2025 New Business Age Ltd. All rights reserved.