फागुन २६, काठमाडौँ । अठार महीनादेखि आन्दोलनरत क्यासिनो साङ्ग्रीलाका पीडित मजदुरहरुले तत्काल बाहली गर्नुपर्ने माग गरेका छन् ।
क्यासिनो साङ्ग्रीला मजदुर सङ्घर्ष समितिले मङ्गलबार यहाँ पत्रकार सम्मेलन गरी स्टार क्यानेजमेन्ट प्रालिद्वारा सञ्चालित उक्त क्यासिनो बहालीको माग गरेका हुन । उनिहरुले आफूहरुलाई विनाकारण निष्कासन गरेको भन्दै क्यासिनो बहालीको माग गरेका हुन ।
सङ्घर्ष समितिका संयोजक भूमीनन्द अमुगाईले श्रम ऐन विपरीत प्रशासन लगाएर रातको १ बजे ४ सय ६२ कर्मचारीलाई क्यासिनो बन्द गर्ने भन्दै निकालिएको आरोप लगाएका छन् । तर क्यासिनो व्यवस्थापनले पुराना कर्मचारीलाई निष्कासन गरी ३ सय नयाँ कर्मचारी राखेर काम गरिरहेको उनले बताए । व्यस्थापनले आर्थिक चलखेल गरेर ८ वर्षदेखि काम गर्दैआएका कर्मचारीलाई बिनाकारण निष्कासन गरेको भन्दै आफूहरुलाई बिना सर्त बाहाली नगरे चरणवद्ध आन्दोलनमा उत्रिने पीडित मजदुरहरुको भनाई छ ।
श्रम विभागले २०७० कात्तिक ६ गते स्टार क्यानेजमेन्ट प्रालिलाई लेखेको पत्रमा ‘श्रम ऐन २०४८ को दफा ५५ अनुसार कर्मचारी बिना करण निष्कासन गर्नु कानून विपरीत देखिएको र पूर्व जानकारी बिना कर्मचारीलाई निकाल्नु व्यवस्थापनको खराब आचरण देखिएको’भनी उल्लेख गरेको छ ।
व्यवस्थापनले क्यासिनो बन्द गर्न लागेको भन्दै कर्मचारीलाई विसं २०७० असोज १२ गते मजदुरहरुलाई निकालेको थियो । त्यहाँ काम गर्ने ४ सय मजदुर आन्दोलनमा छन् । रासस
Newsletter Subscribe to our news letter for daily news directly in your Mail box.
© 2025 New Business Age Ltd. All rights reserved.