फागुन २५, वीरेन्द्रनगर । जिल्ला लघु उद्यमी समूह सङ्घ (डिमेगा) सुर्खेतको अध्यक्षमा हरिकला रानामगर चयन भएकी छन् । सङ्घको हालै सम्पन्न तेस्रो अधिवेशनले रानाको अध्यक्षतामा १० सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । समितिका उपाध्यक्षमा मीनसिहं थापा, सचिवमा शेरबहादुर सलामी, कोषाध्यक्षमा हरिकला रम्तेल, सदस्यहरूमा प्रतीक्षा चन्द, देवी घर्ती, जगत मर्साङ्गी, कृष्णदेवी वली, रणबहादुर राना र रमना परियार छन् ।
साधारणसभाले आगामी वर्षका लागि १ करोड २१ हजार रुपैयाँको प्रस्ताव पारित गरेको छ । कार्यक्रममा घरेलु तथा साना उद्योग विकास समिति, सुर्खेतका निर्देशक विनोददेव पन्तले देश विकासका लागि उद्यमशीलता आवश्यक रहेको बताए । उद्यमीहरूले दातृनिकायको ‘मुख ताक्नु’ भन्दा पनि आफ्नो व्यवसाय विस्तार गर्नुपर्नेमा उनले जोड दिए ।
जिल्ला लघु उद्यमी समूह सङ्घ, सुर्खेतका अध्यक्ष रानाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रमुख एवम् प्रतिनिधि, लघुउद्यम विकास कार्यक्रम क्षेत्रीय कार्यक्रम सहयोग कार्यालय सुर्खेतका प्रबन्धक मधुकुमार विश्वकर्मा, सुर्खेत उद्योग वाणिज्य सङ्घका सदस्य यमुना सापकोटा, सामुदायिक वन उपोभोक्ता महासङ्घ सुर्खेतका अध्यक्ष शान्ति सिंह, सुन्दर नेपाल संस्थाका भूपेन्द्र कँडेललगायत प्रतिनिधि सहभागी थिए ।
Newsletter Subscribe to our news letter for daily news directly in your Mail box.
© 2025 New Business Age Ltd. All rights reserved.