काठमाडौं । आरविवि म्युचुअल फण्डअन्तर्गत सञ्चालित आरविवि म्युचुअल फण्ड १ फागुन मसान्तसम्म रू. ६१ लाख २१ हजारभन्दा बढी नोक्सानीमा रहेको छ ।
माघ मसान्तसम्म रू. ५ करोड १५ लाखभन्दा बढी नाफामा रहेको योजना फागुन मसान्तसम्म भने नोक्सानीमा गएको हो । माघ मसान्तसम्म रू. ६ करोड ३२ लाखभन्दा बढी आम्दानी गरेको योजनाले फागुन मसान्तसम्म भने रू. ७२ लाख ९३ हजारभन्दा बढी मात्र आम्दानी गरेको हो ।
खर्च रकम भने माघ मसान्तसम्म रू. १ करोड १७ लाखभन्दा बढी भएकोमा फागुन मसान्तसम्म रू. १ करोड ३४ लाखभन्दा बढी भएको हो । पछिल्लो महीना योजनाको आम्दानीमा उल्लेख्य मात्रामा कमी आएको छ ।
फागुन मसान्तसम्म योजनाको धितोपत्रमा भएको लगानी रकम धितोपत्र दलाल कमिसनसहित रू. ९२ करोड २६ लाख ६ हजार रहेको छ । योजनाको धितोपत्रमा भएको लगानीको बजार मूल्य रू. ६९ करोड ३७ लाखभन्दा बढी रहेको छ ।
बैंक मुद्दती निक्षेपमा योजनाको रू. १८ करोड ७५ लाख लगानी रहेको छ । सातवर्षे अवधिको बन्दमुखी प्रकृतिको यो योजना सञ्चालनका लागि १२ करोड ५० लाख इकाई जारी गरिएको थियो । फागुन मसान्तसम्म योजनाको प्रतिइकाई खुद मूल्य रू. ८ दशमलव ९२ रहेको छ । यो मूल्य माघ मसान्तसम्म रू. ९ दशमलव ३८ रहेको थियो ।