काठमाडौं । ७ औं अन्तरराष्ट्रिय महिला उद्यमी व्यापार मेला शुक्रवार शुरु भएको छ ।
महिला उद्यमी महासंघको आयोजनामा सानेपाको हेरिटेज गार्डेनमा शुरु भएको कार्यक्रमको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गर्नुभयो । मेला यही चैत २० गतेसम्म सञ्चालन हुनेछ ।
महिला उद्यमीलाई उद्यमशीलताको पहिचान, प्रोत्साहन र हौसला बढाउने उद्देश्य मेला आयोजना गरिन लागिएको आयोजकले जनाएको छ ।
मेलामा ११२ वटा स्टल रहने बताइएको छ । मेलामा स्वदेशीसँगै भारत, पाकिस्तान, बङ्गलादेशलगायत देशका महिला उद्यमीका उत्पादन किन्न र अवलोकन गर्ने अवसर पाइने बताइएको छ ।
उक्त मेला ५० हजारले अवलोकन गर्ने र यसबाट पाँच करोडको कारोबार हुने आयोजकको अनुमान छ ।