काठमाडौं। डिजिटल वालेट ‘आइएमई पे’ले आन्तरिक हवाई टिकटमा सबैभन्दा बढी क्यास ब्याक प्रदान गर्ने उद्देश्यका साथ ‘उडान मेला’ योजना सार्वजनिक गरेको छ । माघ २ गतेबाट शुरू भएको यस अफरमार्फत आइएमई पेका सेवाग्राहीले आन्तरिक हवाई टिकटमा रू. ३०० सम्म क्यासब्याक प्राप्त गर्न सक्ने बताइएको छ ।
योजनामा नियमित ग्राहकले ‘सेभ १००’ प्रोमोकोड राखेर रू. १०० क्यास ब्याक र पहिलो पटक आइएमई पेबाट टिकट खरीद गर्ने ग्राहकले ‘फ्रस्टफ्लाई’ प्रोमोकोड राखेर रू. ३०० क्यासब्याकको लाभ उठाउन सक्ने बताइएको छ । हवाई टिकट खरीद गर्ने बेला आइएमई पे एपमा ‘ह्याभ प्रोमोकोड’ सोधिएको ठाउँमा यी प्रोमोकोड राखेर क्यासब्याक प्राप्त गर्न सकिने बताइएको छ । ‘आगामी विवाहको सिजन र धेरै सार्वजनिक बिदालाई लक्षित गर्दै ‘उडान मेला’ले हाम्रा प्रयोगकर्तालाई थप किफायती र सहज रूपमा यात्रा गर्ने उत्कृष्ट अवसर प्रदान गर्नेछ भन्ने हाम्रो विश्वास छ,’ आइएमई पेका प्रमुख कार्यकारी अधिकृत प्रवीण रेग्मीले भने ।