काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडले नेपाल भारत मैत्री संघ, कास्कीलाई तीन लाख रुपैयाँ सहयोग गरेको छ ।
कास्कीको पोखरास्थित नेपाल भारत मैत्री पुस्तकालय सञ्चालन गर्न बैंकले उक्त सहयोग गरेको हो । बैंकका गण्डकी प्रदेश प्रमुख मिन बहादुर गुरुङले संघका अध्यक्ष गोपाल धोजुलाई औपचारिक रूपमा उक्त रकम हस्तान्तरण गरेका थिए ।
कार्यक्रममा लेफ्टिनेन्ट कर्नल प्रशान्त सिङ बागेल, बैंक तथा संघका अन्य पदाधिकारीहरू समेतको उपस्थिति रहेको थियो ।
बैंकले १०० शाखा, २२ एक्सटेन्सन काउण्टर, ७ प्रदेश कार्यालय, १९ शाखारहित बैंकिङ सेवा, १२२ एटीएम र १ कर्पोरेट कार्यालय मार्फत सेवा प्रदान गर्दै आएको प्रेस विज्ञप्तिमा उल्लेख छ ।