काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्ष (आव)को वित्तीय विवरणको आधारमा नयाँ बोनसदर सार्वजनिक गरेको छ । नियामक नेपाल बीमा प्राधिकरणबाट स्वीकृत बोनसदर अनुसार आईएमई लाइफका बीमितले अधिकतम ८० रुपैयाँ बोनस पाउनेछन् ।
कम्पनीले आव २०७९/८० को वित्तीय विवरणमा आधारित नयाँ बोनसदर घोषणा गरेको हो । बिहीवार सार्वजनिक वित्तीय विवरण अनुसार सामूहिक बाल सावधिक बीमालेखमा बीमितले प्रतिवर्ष प्रतिहजारमा ३२ रुपैयाँदेखि ७० रुपैयाँँसम्म बोनस पाउनेछन् ।
त्यस्तै सावधिक तथा आजीवन बीमालेखमा बीमितले बीमा अवधि अनुसार प्रतिवर्ष प्रतिहजारमा ३२ रुपैयाँदेखि ८० रुपैयाँसम्म बोनस पाउनेछन् ।
अग्रिम भुक्तानी तथा आजीवन बीमालेखमा भने ३२ रुपैयाँदेखि ६३ रुपैयाँ बोनस पाइनेछ । अग्रिम भुक्तानी सावधिक बीमामा ३० रुपैयाँदेखि ६३ रुपैयाँ बोनस घोषणा गरिएको छ । बाल अग्रिम भुक्तानी सावधिक बीमामा ३० रुपैयाँदेखि ६५ रुपैयाँसम्म बोनस पाइनेछ ।
त्यस्तै, बाल अग्रिम भुक्तानी सावधिक बीमामा ३० रुपैयाँदेखि ६० रुपैयाँसम्म बोनस निर्धारण गरिएको छ । साथै वार्षिक अग्रिम भुक्तानी बीमालेखमा सबै अवधिमा २२ रुपैयाँ बोनस निर्धारण गरिएको छ ।