सरकारले चालू आर्थिक वर्षमा आर्थिक वृद्धिदरको प्रक्षेपण घटाएको छ । यसअघि चालू आर्थिक वर्षको बजेट ल्याउँदा ५ दशमलव ५ प्रतिशत वृद्धिदरको प्रक्षेपण गरिएकोमा अहिले घटाएर उत्पादकको मूल्यमा ४ दशमलव १ प्रतिशत रहने अनुमान गरेको छ । अर्थ मन्त्रालयमा आइतवार भएको बजेट मध्यावधि समीक्षाले आव २०६९/७० मा कृषिक्षेत्र शून्य दशमलव ७ प्रतिशत र गैर कृषिक्षेत्र ५ दशमलव ४ प्रतिशतले विस्तार हुने प्रक्षेपण सार्वजनिक गरेको छ ।
गतवर्ष मौसम अनुकूल भई कृषिमा आएको सुधारका कारण आर्थिक वृद्धिदर ४ दशमलव ६ प्रतिशत रहेको थियो ।
पूँजीगत खर्च हुन नसक्नु र निजी लगानी बढ्न नसक्नाले आर्थिक वृद्धिदर घट्न लागेको अर्थ मन्त्रालयले टिप्पणी गरेको छ । आर्थिक वृद्धिदर खुम्चिए पनि चालू आवको ६ महीनामा औसत मुद्रास्फीति दर भने १० दशमलव ७ प्रतिशत पुगेको छ । सो अवधिमा विस्तृत मुद्राप्रदाय ४ दशमलव ८ प्रतिशतले वृद्धि भएको छ ।
वर्ष ८, अंक १५२, सोमवार, ७ फागुन, २०६९