काठमाडौं । आरविवि म्युचुअल फण्डअन्तर्गत सञ्चालित आरविवि म्युचुअल फण्ड २ को प्रतिइकाई खुद सम्पत्ति मूल्य माघ मसान्तसम्म ११ रुपैयाँ ६ पैसा कायम भएको छ ।
पुस मसान्तसम्म १० रुपैयाँ ९४ पैसा रहेको योजनाको प्रतिइकाई खुद सम्पत्ति मूल्य पछिल्लो महीना बढेको हो । १० वर्षे अवधिको बन्दमुखी प्रकृतिको यस योजना २०८० जेठ ८ गतेदेखि सञ्चालनमा रहेको छ । योजना सञ्चालनका लागि ८ करोड ४६ लाख ११ हजार ९२९ इकाई जारी भएको थियो ।
धितोपत्र बजारमा लगानी गर्ने प्रमुख उद्देश्यका साथ सञ्चालित यस योजनाले माघ मसान्तसम्म ६७ करोड २६ लाख रुपैयाँभन्दा बढी धितोपत्रमा लगानी गरेको छ । बैंक मुद्दती निक्षेपमा ७ करोड रुपैयाँ लगानी गरेको योजनाको धितोपत्र सहितको बजार मूल्य भने ८० करोड ७७ लाख रुपैयाँभन्दा बढी छ ।
माघ मसान्तसम्म योजना ७० करोड ९० लाख रुपैयाँभन्दा बढी नाफामा रहेको छ । पुस मसान्तसम्म ६१ करोड रुपैयाँभन्दा बढी नाफामा रहेको योजनाले यो महीना ९ करोड ९० लाख रुपैयाँभन्दा बढी नाफा बढाएको हो । पुस मसान्तसम्म ७ करोड २ लाख रुपैयाँभन्दा बढी आम्दानी गरेको योजनाले माघ मसान्तसम्म भने ८ करोड १४ लाख रुपैयाँभन्दा बढी आम्दानी गरेकाले नाफामा सकारात्मक प्रभाव परेको हो ।