काठमाडौं । आरविवि म्युचुअल फण्डअन्तर्गत सञ्चालित आरविवि म्युचुअल फण्ड २ को प्रतिइकाई खुद मूल्य असारको तुलनामा साउनमा घटेको छ ।
असार मसान्तसम्म १० रुपैयाँ ८ पैसा रहेको प्रतिइकाई खुद मूल्य साउन मसान्तसम्म भने १० रुपैयाँ ९ पैसा कायम भएको हो । १० वर्षे अवधिको बन्दमुखी प्रकृतिको यस योजनाले ८ करोड ४६ लाख ११ हजार ९२९ इकाई जारी गरेको थियो ।
साउन मसान्तसम्म योजनाले ६ लाख ९५ हजार रुपैयाँ नाफा गरेको छ । असार मसान्तसम्म योजनाले ७० लाख ६९ हजार रुपैयाँभन्दा बढी नाफा गरेको थियो । असार मसान्तसम्मको तुलनामा भने साउनमा योजनाको नाफा घटेको छ । साउनमा योजनाको आम्दानी घटेकाले नाफा घटेको हो ।
असार मसान्तसम्म १ करोड ३९ लाख रुपैयाँभन्दा बढी जम्मा आम्दानी गरेको योजनाले साउन मसान्तसम्म २१ लाख ३७ हजार रुपैयाँभन्दा बढी जम्मा आम्दानी गरेको हो ।
धितोपत्रमा लगानी गर्ने उद्देश्यसहित सञ्चालित यस योजनाले साउन मसान्तसम्म धितोपत्र दलाल कमिसनसहित ३७ करोड ६३ लाख ४७
हजार रुपैयाँभन्दा बढी लगानी गरेको छ ।
योजनाले धितोपत्रमा गरेको लगानीको लागत मूल्यभन्दा बजार मूल्य बढी छ । बैंक मुद्दती निक्षेपमा १२ करोड ५० लाख रुपैयाँ लगानी गरेको योजनाको धितोपत्रमा भएको लगानीको बजार मूल्य भने ३८ करोड ३ लाख ३४ हजार रुपैयाँ छ ।