काठमाडौं । आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले २ लाख ७५ हजार ९२७ कित्ता संस्थापक शेयर मंसिर २१ गतेदेखि निष्कासनमा ल्याएको छ ।
कम्पनीले विद्यमान संस्थापक शेयरधनीहरूले मात्र आवेदन दिन पाउने गरी यी शेयर निष्कासनमा ल्याएको हो ।
इच्छुक विद्यमान संस्थापक शेयरधनीहरूले आगामी ३५ दिनभित्र कम्पनीको केन्द्रीय कार्यालय बनेपा, काभ्रेपलाञ्चोकमा आवेदन पेश गर्नुपर्नेछ ।
तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरूबाट आवेदन प्राप्त नभएमा अन्य व्यक्ति तथा संस्थामा यी शेयर विक्री गरिने जानकारी समेत कम्पनीले दिएको छ ।