काठमाडौं । आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष ०७९/८०सम्मकाे मुनाफाबाट कुल १५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । मङ्सिर २४ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापूँजी ६ करोड २३ लाख ३८ हजार रूपैयाँको आधारमा १० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि समेत ५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति पछि कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि वितरण हुनेछ । कम्पनीले २०७९ फागुन २८ गते सर्वसाधारणमा आईपीओ बाँडफाँट गरेको थियो । आईपीओ जारी पछि पहिलो वर्षनै कम्पनीले १५ प्रतिशत लाभांश वितरण गर्न लागेको हो ।