काठमाडौँ । आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आर्थिक वर्ष (आव)को तेस्रो त्रैमाससम्म २ करोड १४ लाख रुपैयाँभन्दा बढी खुद नाफा गरेको छ । गत वर्षको तेस्रो त्रैमाससम्मको तुलनामा यस वर्ष कम्पनीको खुद नाफा करिब ६९ प्रतिशत बढी भएको हो । गत वर्ष यस अवधिसम्म कम्पनीले १ करोड २७ लाख रुपैयाँभन्दा बढी खुद नाफा गरेको थियो । यस वर्ष कम्पनीको इम्पेरमेन्ट चार्ज रकम ६५ प्रतिशत घटेकाले खुद नाफा बढ्न पुगेको हो । गत वर्ष १ अर्ब ३२ करोड रुपैयाँभन्दा बढी रहेको इम्पेरमेन्ट चार्ज रकम यस वर्ष करीब ४ करोड ६० लाख रुपैयाँमा झरेको हो ।
हाल कम्पनीको चुक्तापूँजी ७ करोड ८३ लाख ४३ हजार रुपैयाँ छ भने जगेडा कोष रकम २० करोड रुपैयाँ छ । कम्पनीले तेस्रो त्रैमाससम्म १९ करोड ९५ लाख रुपैयाँभन्दा बढी कर्जा सापटी लिएको छ भने १ अर्ब ५१ करोड रुपैयाँभन्दा बढी कर्जा प्रवाह गरेको छ ।
यस अवधिसम्म कम्पनीले ९४ करोड ७१ लख रुपैयाँभन्दा बढी निक्षेप संकलन गरेको छ । कम्पनीले तेस्रो त्रैमाससम्म १ करोड २८ लाख रुपैयाँभन्दा बढी खराब कर्जा संकलन गरेको छ । निष्क्रिय कर्जा यस वर्ष १५ दशमलव शून्य ९ प्रतिशत कायम भएको छ । गत वर्ष यस अवधिसम्म कम्पनीको निष्क्रिय कर्जा ११ दशमलव ९४ प्रतिशत रहेको थियो ।