अग्रिम भुक्तानी जीवन बीमा योजना व्यापारीमाझ आकर्षक बन्दै गएको छ । यस्तो योजनामा निर्धारित समयभन्दा छिट्टै रकम फिर्ता हुने भएकाले पनि अधिकांश व्यापारीको रोजाइमा परेको हो । विभिन्न बीमा कम्पनीले फरकफरक नाममा यो योजना सञ्चालनमा ल्याएका छन् ।
यो योजनामा बीमा गरेको न्यूनतम ४ वर्षदेखि बीमाङ्क रकमको केही प्रतिशत किस्ताबन्दीमा फिर्ता हुन शुरू गर्छ । यो बीमा १६ वर्षमाथिका मानिसले मात्र गर्न सक्ने व्यवस्था छ । केही किस्ता लिइसकेपछि बीमितको मृत्यु भएमा उसले इच्छाएको व्यक्तिलाई बाँकी बीमाङ्क रकम र बोनस एकमुष्ट दिने व्यवस्था छ । यसमा न्यूनतम बीमाङ्क शुल्क रू. ५० हजार रहेको छ । यो योजनाबाट पाइने लाभ कम्पनीअनुसार फरकफरक रहेको छ । त्यसैले, सबै कम्पनीले सञ्चालन गरेका यस्ता योजनाबारेमा पहिल्यै विस्तृत रूपमा बुझेर मात्र बीमा गर्नु उपयुक्त हुन्छ ।
वर्ष ८, अंक १५१, आइतवार, ६ फागुन, २०६९