वासिङ्टन डिसी (अमेरिका) । अमेरिकी केन्द्रीय बैंकले चार वर्षभन्दा बढी समयपछि पहिलो पटक ब्याजदर घटाएको छ । फेडरल रिजर्भले आफ्नो प्रमुख ऋणदरको लक्ष्यलाई ०.५ प्रतिशत बिन्दुले घटाएर ४.७५%–५% को दायरामा ल्याएको हो ।
बैंकका प्रमुख जेरोम पावेलले मूल्यवृद्धि सहज गर्न र रोजगारी बढाउन यो कदम आवश्यक रहेको बताए । मुद्रास्फितिसँग जुध्नका लागि उच्च ऋण लागतले अमेरिकी अर्थतन्त्रमा असर नपरोस् भन्ने उद्देश्यले बुधवार आक्रामक कदम चालेको उनको भनाइ छ । ‘श्रम बजार बलियो अवस्थामा छ, हामी यसलाई त्यहाँ राख्न चाहन्छौं,’ पावेलले भने।
यसले दुई दशकभन्दा बढी समयदेखि उच्चतम ब्याजदरको कारोबार गरिरहेका अमेरिकी ऋणीहरूलाई समेत राहत दिने बताइएको छ ।
यूरोप, बेलायत र क्यानडालगायत अन्य केन्द्रीय बैंकहरूले ब्याजदरमा कटौती गरेपछि फेडले यो कदम चालेको हो । फेडले सन् २०२२ मा तीव्ररूपमा ब्याजदरमा वृद्धि गरेको थियो, जसको उद्देश्य अर्थव्यवस्थालाई शिथिल बनाउने र मूल्यहरू स्थिर गर्ने थियो ।
अमेरिकामा बेरोजगारी दर यस वर्षको सुरुमा ३.७ प्रतिशतबाट बढेर ४.२ प्रतिशत पुगेको छ ।
बैठकपछि जारी गरिएको प्रक्षेपणले अधिकारीहरूले अब मुद्रास्फीति तीव्र गतिमा घट्दै गएको र बेरोजगारी जुनको तुलनामा उच्च रहेको र सन् २०२४ को अन्त्यसम्ममा बेरोजगार दर ४.४ प्रतिशत पुग्ने अनुमान गरेको छ ।
‘म अहिले अर्थव्यवस्थामा केही पनि देख्दिनँ, जसले मन्दीको सम्भावना उच्च रहेको संकेत गर्छ,’ पावेलले भने । बीबीसी