काठमाडौं । अप्पर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनी लिमिटेडले वार्षिक साधारण सभा पुस २८ गते गर्ने भएको छ । सभा लिसरा रिसेप्सन भगवती बहाल, नक्सालमा बिहानको १० बजे शुरू गर्ने जानकारी दिइएको छ ।
सभाले आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदनउपर छलफल गरी पारित गर्ने, आव २०७९/८० को लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।
सर्वसाधारण समूहको तर्फबाट प्रतिनिधित्व गर्ने एक जना सञ्चालक निर्वाचन गर्ने र सञ्चालक समितिबाट नियुक्त गरिएको स्वतन्त्र सञ्चालकको अनुमोदन गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।
कम्पनीले साधारण सभा प्रयोजनको लागि पुस १४ गते एक दिन बुक क्लोज गर्ने जानकारी दिएको छ । यस आधारमा पुस १२ गतेसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन पाउनेछन् ।