साउन १५, काठमाडौं । अप्पर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनी लिमिटेडको शेयर रजिष्ट्रारमा एनएमबि क्यापिटल नियुक्त भएको छ ।
अप्पर सोलु हाइड्रोको सञ्चालक समितिको निर्णय अनुसार क्यापिटल साउन १३ गतेदेखि नियुक्त भएको हो । अब उक्त कम्पनीको धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिल खारेज, नामसारी, रोक्का राख्ने लगायतका कार्य एनएमबी क्यापिटल मार्फत हुनेछ ।