भदौ २, काठमाडौं । अप्पर सोलु हाईड्रो ईलेक्ट्रिक कम्पनीले लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमासिक वित्तीय विवरण बिहीवार सार्वजनिक गरेको छ । विवरण अनुसार गत आवको चौथो त्रैमाससम्म कम्पनीले रू. ४ करोड ३७ लाख नाफा कमाएको छ ।
अघिल्लो आवको चौथो त्रैमासको तुलनामा कम्पनीको नाफा २ प्रतिशतले वृद्धि भएको छ । कम्पनीले अघिल्लो आवमा रू. ४ करोड २८ लाख नाफा कमाएको थियो । गत आवमा कम्पनीको विद्युत् विक्री आम्दानीमा वृद्धि भएसँगै नाफा बढ्न टेवा पुगेको हो । अघिल्लो आवको तुलनामा गत आवमा कम्पनीको विद्युत् विक्री आम्दानी २९ प्रतिशत वृद्धि भएको छ । कम्पनीले अघिल्लो आवमा रू. २९ करोड ४६ लाख विद्युत् विक्री आम्दानी गरेकोमा गत आवमा बढेर रू. ३८ करोड ७ लाख पुगेको हो ।
चुक्तापूँजी रू. १ अर्ब ३५ करोड रहेको कम्पनीले जगेडामा रू. रू. १२ करोड ३३ लाख सञ्चित गरेको छ । त्यसैगरी गत आवमा कम्पनीको प्रतिशेयर आम्दानी रू. ३ दशमलव २४ र प्रतिशेयर नेटवर्थ रू. ११२ दशमलव ४० रहेको छ ।