साउन १२, काठमाडौं । एनएमबि म्युचुअल फण्ड अन्तर्गत सञ्चालित एनएमबि सरल बचत फण्ड – इ ले असार मसान्तसम्मको खुद सम्पत्ति मूल्य विवरण सार्वजनिक गरेको छ ।
उक्त वित्तीय विवरण अनुसार फण्डको नोक्सानी कायम नै रहेको छ । जेठ मसान्तसम्ममा रू. ६करोड ५९ लाख नोक्सानीमा रहेको उक्त फण्डको नोक्सानी असार मसान्तसम्ममा रू. ४ करोड ८८ लाख पुगेको हो ।
असार महीनामा फण्डको खर्चमा वृद्धि भई जम्मा आम्दानी ऋणात्मक रहेकाले नोक्सानी बढेको हो ।
जेठ महीनामा फण्डको कुल खर्च रू. १ करोड ४ लाख रहेकोमा असार महीनामा बढेर रू. १ करोड १२ लाख पुगेको हो । त्यसैगरी फण्डको न्याभ जेठ महीनाको तुलनामा असार महीनामा बढेको छ ।
जेठ महीनामा फण्डको न्याभ रू. ८ दशमलव ८१ रहेकोमा असार महीनामा रू. ९ दशमलव ११ मा पुगेको छ । त्यस्तै फण्डले असार मसान्तसम्ममा सूचीकृत शेयरमा रू. ३१ करोड ७६ लाख लगानी गरेको छ । यो लगानी जेठ मसान्तसम्ममा रू. २८ करोड ४९ लाख थियो ।