काठमाडौं । यो साता धितोपत्र दोस्रो बजार सकारात्मक गतिमा अघि बढेको छ । गत साताको तुलनामा यो साता बजारका महत्त्वपूर्ण सबै परिसूचक सकारात्मक बनेका छन् ।
बजार सञ्चालक नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले उपलब्ध गराएको तथ्याङ्क अनुसार यो साता कुल बजार पूँजीकरण ५६ अर्ब २० करोड ८८ लाख रुपैयाँभन्दा बढीले वृद्धि भएको छ ।
गत साताको अन्तिम कारोबार दिन ४३ खर्ब ७ अर्ब ३५ करोड ७७ लाख रुपैयाँभन्दा बढी रहेको कुल बजार पूँजीकरण यो साताको अन्तिम कारोबार दिन ४३ खर्ब ६३ अर्ब ५६ करोड ६५ लाख रुपैयाँभन्दा बढी कायम भएको हो । प्रतिशतका हिसाबमा गत साताभन्दा यो साता कुल बजार पूँजीकरण १ दशमलव ३० प्रतिशत बढेको नेप्सेको तथ्याङ्कले देखाउँछ ।
सूचीकृत कम्पनीहरूको शेयर मूल्य बढेसँगै समग्र धितोपत्र कारोबार मापक नेप्से परिसूचकमा सकारात्मक प्रभाव परेको छ । गत साताको अन्तिम कारोबार दिन कायम भएको नेप्से परिसूचकको तुलनामा यो साताको अन्तिम कारोबार दिन कायम नेप्से परिसूचक ३३ दशमलव ८९ अंक बढेको छ । प्रतिशतका हिसाबमा नेप्से परिसूचक १ दशमलव ३१ प्रतिशत बढेको देखिन्छ ।
यो साता एक दिन सार्वजनिक बिदा परेकाले बजार चार कारोबार दिन मात्र खुला भएको थियो । पहिलो कारोबार दिन १३ दशमलव ५३ अंकले घटेको बजार दोस्रो दिन २८ दशमलव ९१ अंक, तेस्रो दिन १४ दशमलव ३१ अंक र तेस्रो दिन ४ दशमलव १९ अंक बढेको थियो । यो साताको अन्तिम तीन कारोबार दिन बजार निरन्तर बढेको हो । गत साताको अन्तिम कारोबार दिन २ हजार ५९६ दशमलव ८२ विन्दुमा रहेको नेप्से परिसूचक यो साताको अन्तिम कारोबार दिन २ हजार ६३० दशमलव ७१ विन्दुमा बन्द भएको छ ।
पछिल्लो समय अल्पकालीन लगानीकर्ता बजारमा सक्रिय रहेकाले केही समयपछिको नाफा बुकपछि पुनः लगानी गर्ने क्रम बढेको ब्रोकरहरू बताउँछन् । सानादेखि ठुला लगानीकर्तासम्म अहिले बजारमा केही सकारात्मक देखिएको बुझाइ ब्रोकरहरूको छ ।
लगानीकर्ता सकारात्मक बन्दा यो साता चार कारोबार दिनमा १९ अर्ब ४७ करोड ९९ लाख रुपैयाँभन्दा बढीको ५ करोड १८ लाखभन्दा बढी कित्ता धितोपत्र कारोबार भएको छ । गत साता चार कारोबार दिनमा १९ अर्ब ३० करोड ९१ लाख रुपैयाँभन्दा बढीको ३ करोड ९६ लाखभन्दा बढी कित्ता धितोपत्र कारोबार भएको थियो ।
कुल कारोबार रकम गत साताभन्दा यो साता शून्य दशमलव ८८ प्रतिशत र कुल कारोबार कित्ता ३० दशमलव ६३ प्रतिशत बढेको छ ।
औसतमा कारोबार रकम शून्य दशमलव ८८ प्रतिशत र कारोबार कित्ता ३० दशमलव ६३ प्रतिशत बढेको छ । यो साता औसतमा ४ अर्ब ८६ करोड ९९ लाख रुपैयाँभन्दा बढीको १ करोड २९ लाखभन्दा बढी कित्ता धितोपत्र कारोबार भएको नेप्सेको तथ्याङ्कले देखाउँछ । गत साता भने औसतमा ४ अर्ब ८२ करोड ७२ लाख रुपैयाँभन्दा बढीको ९९ लाख १६ हजारभन्दा बढी कित्ता मात्र धितोपत्र कारोबार भएको थियो ।
समग्र धितोपत्र कारोबार मापक नेप्से परिसूचक बढेको यो साता ठुला कम्पनीहरूको मात्र कारोबार मापक सेन्सेटिभ इन्डेक्स १ दशमलव २७ प्रतिशत बढेर ४५१ द्यशमलव ४५ विन्दु कायम भएको छ ।
सातागत परिसूचकको तुलना
विवरण | गत साता | अघिल्लो साता | फरक | फरक प्रतिशत |
नेप्से परिसूचक (अंक) | २,६३०.७१ | २,५९६.८२ | ३३.८९ | १.३१ |
सेन्सेटिभ इन्डेक्स (अंक) | ४५१.४५ | ४४५.७७ | ५.६८ | १.२७ |
कारोबार रकम (रू. हजारमा) | १९,४७९,९४७.२० | १९,३०९,१८९.६५ | १७०,७५७.५६ | ०.८८ |
कारोबार कित्ता | ५१,८१४,९५८.०० | ३९,६६४,७५३.०० | १२,१५०,२०५.०० | ३०.६३ |
औसत कारोबार रकम (रू. हजारमा) | ४,८६९,९८६.८० | ४,८२७,२९७.४१ | ४२,६८९.३९ | ०.८८ |
औसत कारोबार कित्ता | १२,९५३,७३९.५० | ९,९१६,१८८.२५ | ३,०३७,५५१.२५ | ३०.६३ |
कुल बजार पूँजीकरण (रू. दश लाखमा) | ४,३६३,५६६.५८ | ४,३०७,३५७.७३ | ५६,२०८.८५ | १.३ |
स्रोत : नेपाल स्टक एक्सचेञ्ज (नेप्से)
जलविद्युत र बैंकिङ समूहका लगानीकर्ताले सर्वाधिक कमाए
यो साता पाँच समूहगत परिसूचक घटेका छन् । यो साता म्युचुअल फण्डको ४ दशमलव ६९ प्रतिशत, विकास बैंकको १ दशमलव ६९ प्रतिशत, वित्तको शून्य दशमलव ९७ प्रतिशत, निर्जीवन बीमाको शून्य दशमलव ४२ प्रतिशत र जीवन बीमाको परिसूचक शून्य दशमलव १० प्रतिशत घटेको हो ।
यो साता परिसूचकमा आएको वृद्धिका आधारमा जलविद्युत् र बैंकिङ समूहका लगानीकर्ताले सर्वाधिक कमाएको देखिन्छ । यो साता जलविद्युत् समूहको परिसूचक २ दशमलव ७३ प्रतिशत र बैंकिङ समूहको परिसूचक २ दशमलव ५६ प्रतिशत बढेको छ ।
त्यस्तै लघुवित्तको १ दशमलव ६१ प्रतिशत, उत्पादन तथा प्रशोधनको १ दशमलव ५९ प्रतिशत, व्यापारिकको शून्य दशमलव ९३ प्रतिशत, अन्यको शून्य दशमलव ५९ प्रतिशत, लगानीको शून्य दशमलव ५८ प्रतिशत र होटल तथा पर्यटन समूहको परिसूचक शून्य दशमलव ४२ प्रतिशत बढेको छ ।
साताव्यापी समूहगत परिसूचकमा आएको परिवर्तन
विवरण | यो साता | गत साता | फरक प्रतिशत |
जलविद्युत् | ३,४९४.९८ | ३,४०२.२३ | २.७३ |
बैंकिङ्ग | १,४२७.९१ | १,३९२.३१ | २.५६ |
लघुवित्त | ४,९२२.४७ | ४,८४४.५० | १.६१ |
उत्पादन तथा प्रशोधन | ६,८१७.८१ | ६,७११.१५ | १.५९ |
व्यापारिक | ४,७१८.८५ | ४,६७५.२८ | ०.९३ |
अन्य | १,९४०.६१ | १,९२९.३१ | ०.५९ |
लगानी | ९९.४२ | ९८.८५ | ०.५८ |
होटल तथा पर्यटन | ६,४२७.१४ | ६,३९९.९६ | ०.४२ |
जीवन बीमा | १२,४९३.७३ | १२,५०६.४८ | -०.१ |
निर्जीवन बीमा | १२,४६०.४२ | १२,५१२.५८ | -०.४२ |
वित्त | ३,०७३.२५ | ३,१०३.३० | -०.९७ |
विकास बैंक | ५,३६६.११ | ५,४५८.५९ | -१.६९ |
म्युचुअल फण्ड | २०.३ | २१.३ | -४.६९ |
स्रोत : नेपाल स्टक एक्सचेञ्ज (नेप्से)