काठमाडौं । ललितकला प्रज्ञा–प्रतिष्ठानको कक्षमा ‘बागमती प्रादेशिक ललितकला प्रदर्शनी’ चलिरहेको छ ।
गत सोमवार शुरु भएको प्रदर्शनीमा बागमती प्रदेशका २०९ जना कलाकारका थाङ्का, पौभा लगायत चित्रकलासँगै मूर्तिकला राखिएका छन् ।
प्रदर्शनीले कला पारखी, कला सङ्कलक र कलाकारलाई जोड्ने पुलको काम गरेको आयोजक ललितकला प्रज्ञा–प्रतिष्ठानले जनाएको छ ।
‘सामाजिक रूपान्तरण : ललितकलाको अभियान’ भन्ने नाराका साथ आयोजना गरिएको उक्त प्रदर्शनी आगामी शुक्रवारसम्म चल्नेछ ।
हेर्नुस् तस्वीरहरू