काठमाडौं। भिसा कार्ड इन्टरनेशनलको दशैं लक्षित ‘बेस्ट ट्वेन्टी फाइभ भिसा स्पेन्डर क्याम्पियन’मा नबिल बैंकका पाँच जना भिसा कार्डवाहक परेका छन् । भिसा कार्डमार्फत सबैभन्दा बढी खर्च गर्ने कार्डवाहक शीर्ष २५ मा परेका हुन् । विजेतामध्ये एक जोडीले विदेश भ्रमणको दुईतर्फी टिकट प्राप्त गरेको भिसा कार्ड इन्टरनेशनलले जानकारी दिएको छ । बैंकले एक कार्यक्रमको आयोजना गरी पाँच विजेतालाई सम्मान तथा उपहार वितरण गरेको हो ।
कार्यक्रममा बैंकका कार्यवाहक प्रमुख कार्यकारी अधिकृत सुजितकुमार शाक्य, वरिष्ठ डेपुटी प्रमुख कार्यकारी अधिकृत मनोजकुमार ज्ञवाली, डेपुटी प्रमुख कार्यकारी अधिकृत भुपेन्द्र पाण्डे, रिटेल कारोबार प्रमुख निरज शर्मा, भिसा कार्ड प्रतिनिधि आशिष चक्रवर्ती लगायतको उपस्थिति थियो । बैंकले २४ लाखभन्दा बढी सेवाग्राहीलाई २६८ शाखा र ३२० एटिएममार्फत सेवा प्रदान गर्दै आएको छ । बैंकले ४० वर्ष देखि नेपाली बैंकिङ क्षेत्रमा नवीनतम सेवाको शुरुआत गर्दै महत्त्वपूर्ण भूमिका निर्वाह गरेको बताइएको छ । बैंकले आधुनिक बैंकिङ युगको क्षेत्रमा ग्राहकलाई गुणस्तरीय सेवा प्रदान गर्नेतर्फ आफ्नोे व्यवसाय केन्द्रित गर्दै आएको बताइएको छ ।