काठमाडौं । एनआईसी एशिया बैंक म्युचुअल फण्डअन्तर्गत सञ्चालित एनआईसी एशिया सेलेक्ट ३० ले भदौ मसान्तको खुद सम्पत्ति मूल्य विवरण सार्वजनिक गरेको छ ।
उक्त वित्तीय विवरण अनुसार फण्डको न्याभ साउनको तुलनामा भदौमा घटेको छ । साउन मसान्तमा फण्डको न्याभ १० रुपैयाँ ५८ पैसा रहेकोमा भदौ मसान्तमा १० रुपैयाँ ४४ पैसामा झरेको हो ।
यस फण्डले भदौ मसान्तसम्ममा रू. ६ करोड ७७ लाख नोक्सानी व्यहोरेको छ । साउन मसान्तमा पनि फण्ड रू. ४ करोड ९९ लाख नोक्सानीमा थियो । यस आधारमा फण्डको नोक्सानी बढेको छ ।
भदौमा फण्डको जम्मा आम्दानी रू. ६ करोड ३३ लाख ऋणात्मक रहेकाले र खर्चमा वृद्धि भएकाले नोक्सानीमा रहेको हो । साउन मसान्तमा फण्डको जम्मा खर्च रू. २३ लाख ३१ हजार रहेकोमा भदौ मसान्तमा बढेर रू. ४३ लाख ४९ हजार पुगेको छ ।
फण्डले भदौ मसान्तसम्ममा सूचीकृत धितोपत्रमा रू. ६२ करोड ८५ लाखभन्दा बढी लगानी गरेको छ । यो लगानी साउन मसान्तमा भने रू. ६३ करोड ८६ लाख थियो ।