काठमाडौं । भदौ महीनामा धितोपत्र दोस्रो बजारमा २ खर्ब ५० अर्ब ५७ करोड रुपैयाँभन्दा बढीको धितोपत्र कारोबार भएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले दिएको जानकारी अनुसार गत महीना उक्त रकम बराबरको ५७ करोड १९ लाख ६५ हजार कित्ता धितोपत्र कारोबार भएको हो ।
साउनको तुलनामा भदौको कारोबार रकम भने १ खर्ब ६७ अर्ब ६३ करोड २५ लाख रुपैयाँले घटेको छ । नेप्सेका अनुसार साउनमा कुल ४ खर्ब १८ अर्ब रुपैयाँभन्दा बढीको १ अर्ब १ करोड ६४ लाख ९९ हजारभन्दा बढी कित्ता धितोपत्र कारोबार भएको थियो ।
भदौमा कारोबार कित्ता ४४ करोड ४५ लाख ३४ हजार कम भएको छ । साउनमा दैनिक २९ अर्ब ९५ करोड रुपैयाँसम्मको धितोपत्र कारोबार भएको थियो । गत साउन ३१ गते नेप्से परिसूचक ३ हजार २०० विन्दु माथि पुगेको दिन नेप्सेमा करीब ३० अर्ब रुपैयाँसम्मको कारोबार भएको थियो ।
साउन अन्तिम दिनको कारोबारमा ३ हजार दशमलव ८१ विन्दुमा बन्द भएको नेप्से भदौको अन्तिम कारोबार दिन २ हजार ५८० दशमलव ७६ विन्दुमा बन्द भएको छ । यो एक महीनामा नेप्से परिसूचक ४२० अंक तल झरेको छ । कारोबार रकममा समेत कमी आइरहेको अवस्थामा पछिल्लो कारोबार दिन कारोबार रकम ६ अर्ब रुपैयाँभन्दा तल झरेको छ ।
भदौमा भएको कारोबार रकमलाई हेर्दा जलविद्युत् समूहले सर्वाधिक हिस्सा ओगटेको देखिन्छ । नेप्सेका अनुसार भदौमा जलविद्युत् समूहको ७२ अर्ब ५६ करोड रुपैयाँभन्दा बढीको १९ करोड ८४ लाख ६९ हजारभन्दा बढी कित्ता शेयर कारोबार भएको छ । साउनमा पनि जलविद्युत् समूहले नै कुल कारोबार रकममा सर्वाधिक हिस्सा ओगटेको थियो । उक्त महीनामा जलविद्युत् समूहको १ खर्ब ३० अर्ब ८३ करोड रुपैयाँभन्दा बढीको ३७ करोड ३७ लाख ५५ हजारभन्दा बढी कित्ता शेयर कारोबार भएको थियो ।
भदौमा ऋणपत्रको कारोबार सबैभन्दा कम भएको तथ्याङ्क छ । सो महीनामा ३८ करोड ५२ लाख रुपैयाँभन्दा बढीको ३ लाख ६८ हजारभन्दा बढी कित्ता ऋणपत्रको कारोबार भएको हो ।
भदौमा सर्वाधिक शेयर कारोवार हुने समूहको दोस्रोमा वाणिज्य बैंक छ । वाणिज्य समूहको २९ अर्ब ९५ करोड रुपैयाँभन्दा बढीको ९ करोड २४ लाख ५३ हजारभन्दा बढी कित्ता शेयर कारोबार भएको हो । त्यस्तै, वित्तको २८ अर्ब ७१ करोड रुपैयाँभन्दा बढीको ३ करोड ३१ लाख ९४ हजार कित्ता, विकास बैंकको २१ अर्ब ७२ करोड रुपैयाँभन्दा बढीको ४ करोड ४ लाख ५९ हजार कित्ता, लगानीको १९ अर्ब ६३ करोड रुपैयाँभन्दा बढीको ३ करोड १६ लाख ७९ हजार कित्ता शेयर कारोबार भएको छ ।
उक्त महीना लघुवित्त समूहको १८ अर्ब ६ करोड रुपैयाँभन्दा बढीको १ करोड ५३ लाख ३५ हजार कित्ता, जीवन बीमाको १५ अर्ब ८८ करोड रुपैयाँभन्दा बढीको २ करोड ३३ लाख १४ हजार कित्ता, निर्जीवन बीमाका १२ अर्ब ५३ करोड रुपैयाँभन्दा बढीको १ करोड ३३ लाख ९७ हजार कित्ता, अन्यको ११ अर्ब ६३ करोड रुपैयाँभन्दा बढीको १ करोड ३१ लाख ३ हजार कित्ता, उत्पादन तथा प्रशोधनको ८ अर्ब ८५ करोड रुपैयाँभन्दा बढीको १ करोड २१ लाख १० हजार कित्ता, होटल तथा पर्यटनको ५ अर्ब ५४ करोड रुपैयाँभन्दा बढीको १ करोड २१ लाख १० हजार कित्ता, संस्थापकतर्फको ३ अर्ब ६६ करोड रुपैयाँभन्दा बढीको १ करोड ९३ लाख ३६ हजार कित्ता, म्युचुअल फण्डको ७४ करोड रुपैयाँभन्दा बढीको ७ करोड २३ लाख २७ हजार इकाई र व्यापारिक समूहको ६५ करोड ५३ लाख रुपैयाँभन्दा बढीको १ लाख ६ हजारभन्दा बढी कित्ता शेयर कारोबार भएको छ ।
समूहगत परिसूचक | कारोबार रकम (रू. दशलाख) | कारोबार कित्ता (हजारमा) |
जलविद्युत् | 72562.94 | 198469.51 |
वाणिज्य | 29953.2 | 92453.11 |
वित्त | 28710.63 | 33194.51 |
विकास बैंक | 21729.19 | 40459.37 |
लगानी | 19637 | 31679.55 |
लघुवित्त | 18069.97 | 15335.01 |
जीवन बीमा | 15884.35 | 23314.27 |
निर्जीवन बीमा | 12530.11 | 13397.47 |
अन्य | 11633.46 | 13103.21 |
उत्पादन तथा प्रशोधन | 8856.03 | 12110.25 |
होटल तथा पर्यटन | 5548.73 | 6309.74 |
संस्थापक शेयर | 3668.13 | 19336.94 |
म्युचुअल फण्ड | 746.13 | 72327.45 |
व्यापारिक | 655.37 | 106.21 |
ऋणपत्र | 385.26 | 368.45 |
जम्मा | 250,570.50 | 571,965.05 |
साउनको कुल कारोबार | 418,203.07 | 1,016,499.52 |
फरक | -167,632.57 | -444,534.47 |
स्रोत : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ।