काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडका सञ्चालक वामदेव गौलीको राजीनामा स्वीकृत भएको छ ।
कम्पनीको असोज २ गते बसेको सञ्चालक समितिको बैठकले सोही दिनदेखि लागू हुनेगरी गौलीको राजीनामा स्वीकृत गरेको हो ।
उनले गत भदौ ३० गते कम्पनीको सञ्चालक समितिसमक्ष व्यक्तिगत कारण देखाउँदै राजीनामा पेश गरेका थिए । यसअघि उनी सर्वसाधारण सेयरधनीका तर्फबाट संस्थाको सञ्चालक समितिमा प्रतिनिधित्व गर्दै आइरहेका थिए ।