काठमाडौं । भगवती हाइड्रोपावर लिमिटेडको आईपीओ सम्बन्धित शेयरधनीको डिम्याट खातामा आएको छ । कम्पनीको आईपीओ बीजीडब्लूटीको सिम्बोलबाट शेयरधनीको हितग्राही खातामा देखिएको हो । कम्पनीको आईपीओ सूचीकरण प्रक्रियामा छ ।
विक्री प्रबन्धक सिद्धार्थ क्यापिटलले फाइल नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा पठाएको जानकारी दिएको छ । अब आवश्यक प्रक्रिया पूरा भएपछि कम्पनीको शेयर धितोपत्र दोस्रो बजारमा आउनेछ ।
७१ हजार २२२ जना आवेदकले कम्पनीको आईपीओ १० कित्ताका दरले पाएका हुन् । कम्पनीले भदौ ५ देखि ८ गतेसम्म सर्वसाधारणमा ७ लाख १२ हजार २२० कित्ता आईपीओ विक्री गरेको थियो ।