काठमाडौं । भगवती हाइड्रोपावर डेभलपमेण्ट कम्पनी लिमिटेडले २३ औं वार्षिक साधारण सभा पुस २४ गते गर्ने भएको छ । सभा अर्पण ब्याक्वेट थापागाउँ, नयाँ बानेश्वर, काठमाडौंमा बिहान १० बजे शुरु हुने जानकारी दिएको छ । सभाले १० दशलमव ५२६३ प्रतिशत नगद लाभांश करसहित वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।
त्यस्तै सभाले आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।
कम्पनीको सञ्चालक समितिमा संस्थापक शेयरधनीहरूबाट सात जना र साधारण शेयरधनीहरूबाट दुई जना सञ्चालकहरूको नियुक्त गर्ने र नयाँ आयोजनामा लगानी गर्ने प्रस्ताव पनि सभाले पारित गर्नेछ ।
साधारण सभा प्रयोजनको लागि कम्पनीले पुस ५ गते बुक क्लोज गर्ने जानकारी दिएको छ । यस बुक क्लोजको आधारमा पुस ४ गतेसम्म कायम शेयरधनीले साधारण सभा भाग लिन र लाभांश पाउन योग्य हुनेछन् ।