काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा ‘मेक इन नेपाल एक्स्पो २०२५’ र ‘नेपाल पश्मिना अन्तरराष्ट्रिय एक्स्पो २०८१’ शुरु भएको छ ।
उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले कार्यक्रमको उद्घाटन गरे । स्वदेशी उद्योग र व्यवसायलाई प्रोत्साहन गर्न, स्वदेशी उत्पादनहरूको बजार विस्तार गर्न, आत्मनिर्भर अर्थतन्त्र निर्माणमा टेवा पुर्याउन र उद्यमशीलता र लगानीको सम्भावनाहरू उजागर गर्न एक्स्पो आयोजना गरिएको हो ।
नेपाल पश्मिना उद्योग संघले नेपाल उद्योग परिसंघसँगको सहकार्यमा आयोजना गरेको उक्त एक्स्पो राइजिङ्ग नेपाल प्रालिको व्यवस्थापनमा भइरहेको छ । एक्स्पो आगामी शनिवारसम्म चल्नेछ ।
हेर्नुस् तस्वीरहरू