चितवन। रोयल इन्फिल्ड मोटरसाइकलको आधिकारिक विक्रेता अल्फा अटोमेटिभले दुईओटा नयाँ मोटरसाइकल सार्वजनिक गरेको छ । कम्पनीले १९५ किलो तौल भएको ३५० सिसी क्षमताको मोटरसाइकल सार्वजनिक गरेको अल्फा अटोमेटिभका एरिया सेल्स म्यानेजर उत्तम खनालले जानकारी दिए । उनले क्लासिकको सिग्नल सिरिजको नयाँ भेरियन्ट सार्वजनिक गरिएको बताए । मार्स ग्रे र डेजर्ट स्टर्म रङका दुई मोटरसाइकल सार्वजनिक गरिएको उनको भनाइ छ ।
नेपालमा यसको बजार मूल्य ५ लाख ५५ हजार ६०० रूपैयाँ कायम गरिएको बताइएको छ । रोयल इन्फिल्डको मोटरसाइकल नेपालको भूगोल र सबै उमेर समूहका लागि सुहाउने गरी निर्माण गरिएको भरतपुरको विक्रेता सन् अटोमोबाइलका सञ्चालक गोविन्द श्रेष्ठले बताए ।