काठमाडौं। सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सले नवीकरण नभएका बीमालेखका लागि शतप्रतिशत विलम्ब शुल्क छूटसहितकोे पुनर्जागरण अभियान शुरू गरेको छ । उक्त पुनर्जागरण अभियान मङ्सिर १६ देखि शुरू भएको अभियान २८ गतेसम्म लागू हुने बताइएको छ ।
पुनर्जागरण अभियानअन्तर्गत बीमालेख अवधिभित्र एकपटक मात्र ब्याज छूटको सुविधा प्रदान गरिने कम्पनीले जानकारी दिएको छ । कुनै पनि बीमालेख व्यतीत रहँदा बीमितले रक्षावरण गुमाउनुका साथै विलम्ब शुल्क पनि बेहोर्नुपर्ने हुनाले यो अवसरको फाइदा लिई बीमालेख नवीकरण गर्न कम्पनीले अनुरोध गरेको छ ।