काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले भूकम्पबाट क्षतिग्रस्त एक विद्यालयलाई आर्थिक सहयोग गरेको छ ।
बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत बझाङको गोलाईस्थित बाल विकास माध्यमिक विद्यालयलाई पुनःनिर्माणको लागि एक लाख रुपैयाँ आर्थिक सहयोग गरेको हो ।
गत असोजमा गएको भूकम्पले उक्त विद्यालयको भवनका कोठा पूर्ण तथा अांशिकरूपमा क्षतिग्रस्त भएका थिए, जसका कारण पठनपाठनमा पनि असर परेको थियो । उक्त सहयोगबाट पठनपाठनमा सहज हुने विश्वास लिएको बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
कक्षा १ देखि १२ सम्म पठनपाठन हुँदै आएको उक्त विद्यालयमा हाल करीब ३०० विद्यार्थी अध्ययनरत छन् ।
बैंकले देशैभरी फैलिएका आफ्ना १९२ वटा शाखा, १५५ वटा एटीएम र ९८ वटा शाखारहित बैंकिङ्ग इकाईहरूबाट १७ लाख ५९ हजार ग्राहकलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको जनाएको छ ।