असार ३०, काठमाडौ । अर्थमन्त्री डा. रामशरण महतले आगामी आवको बजेट उत्कृष्ट रहेको दावी गरेका छन् । अर्थ मन्त्रालय र आर्थिक पत्रकार समाज (सेजन)ले आयोजना गरेको पोष्ट बजेट छलफल कार्यक्रममा उनले बजेट केहि वितरणमुखी भएपनि उच्च आर्थिक वृद्धिदर हासिल गर्ने लक्ष्य र उद्देश्य सहित आएको बताए । ‘६ प्रतिशत आर्थिक वृद्धिदर लक्ष्य हासिल गर्न सरकारले पूँजी निर्माणमा जोड दिनुका साथै कृषि उत्पादनलाई प्रोत्साहन गरेको छ,’ डा. महतले भने ‘त्यसैले वृद्धिदर हासिल गर्न गाहे छैन ।’ कानूनी र नीतिगत सुधारबाट आर्थिक सुधारमा थप सहयोग पुग्छ,’ उनले थपे । कार्यक्रममा डा. महत भने ‘३५ क्षेत्रको कानूनी सुधार गर्न सोमवार अर्थ मन्त्रालयले आवश्यक गृहकार्य थालिसकेको छ , समय सापेक्ष कानून परिमार्जन गरी लगानीका बाटाहरुलाई सहज बनाइने छ । लगानीका हरेक क्षेत्रका नीति तथा ऐनलाई कार्यान्वय गर्न प्रोत्साहन गर्ने गरी बजेट ल्याएको उनले बताए
।
लगानीकर्तालाई प्रोत्साहन गर्न सरकारले उद्योग र सेवा क्षेत्रमा लागनी भित्र्याउन कर छुटको व्यवस्था गरेको समेत उनले बताए । कृषि क्षेत्रको प्रवद्र्धन गर्न बजेटले पशु तथा बाली बीमाको प्रिमियरमा ७५ प्रतिशतसम्म अनुदान दिने निर्णय गरेको छ भने कृषि ब्याज अनुदानका लागि रू.१ अर्ब र मल खरीदका लागि रू.५ अर्ब अनुदानको व्यवस्था गरेको बजेट युवा लक्षित भएको बताए । पूर्वाधार निर्माणमा ठोस आधारशीला खडा गर्ने, कृषिको आधुनिकीकरण गर्दै उच्च प्रतिफल दिने बाली उत्पादन र राष्ट्रिय उत्पादकत्व वृद्धिलाई बजेटले विशेष प्राथमिकता दिएको छ उनले बजेट विशेषता वारे जानकारी दिन आयोजित कार्यक्रममा भने ।
३ वर्षमा लोडसेडिङ मुक्त गर्ने कार्य योजनासहित ऊर्जा सङ्कटबाट देशलाई मुक्त गर्न जलविद्युत् परियोजनामा स्वदेशी तथा विदेशी लगानी प्रवद्र्धनगर्ने योजना बनाएको छ । सरकारले ऊर्जामा कर छुट र अनुदानको व्यवस्था गरेको उनले बताए । आव २०६९÷७० सम्म सञ्चालनमा आई राष्ट्रिय प्रशारण लाइनमा जोड्ने वा निर्यात गर्ने उत्पादकलाई १० वर्षसम्म पूरै र ५ वर्षपछि ५० प्रतिशत आयकरमा छुट सहित प्रति मेगावाट रू.५० लाखका दरले एकमुष्ठ अनुदान दिने व्यवस्था गरेको समेत उनले जानकारी दिए । लगानीको स्तर बढाउन सरकारी र निजी दुबैले लगानी गर्नेछन् । कुल गार्हस्थ उत्पादन बढाउन ठूला आयोजनामा लगानी नगरी हुँदैन उनले भने ।
आगामी आवमा मुद्रास्फिति दर ८ प्रतिशतमा सीमित राख्ने सरकारले दावी गरेको छ । महङ्गी नियन्त्रण गर्न कृषिमा लगानी बढाउने र कृषिजन्य वस्तुको ढुवानीमा सिण्डिकेट हटाउन बजेटले सम्बोधन गरेको नेपाल राष्ट्र बैङ्कका गर्भनर डा.युवराज खतिवडाले बताए । कर्मचारीको तलव वृद्धिले मूल्यवृद्धिमा चाप नपर्ने उनको भनाइ छ ।
निजी क्षेत्रको लगानी प्रवद्र्धन तथा उद्योगधन्दाको विकास, पूँजी बजारको बढोत्तरी, सामाजिक न्याय एवम् सुरक्षा अभिवृद्धि, वित्तीय सन्तुलन कायम गर्दै समग्र अर्थतन्त्रमा सुधार गर्न बजेट केन्द्रित रहेको अर्थमन्त्रीले उल्लेख गरे ।
आगामी ८ वर्षमा मुलुकलाई विकासशील राष्ट्रको स्तरमा पु¥याउन दीगो आर्थिक वृद्धि हासिल गर्न उद्योग व्यवसायको प्रवद्र्धन, रोजगारीका अवसरको सृजना गर्न बजेट उन्मुख रहेको बताए । शिक्षा, स्वास्थ्य, खानेपानी तथा सरसफाइ जस्ता सामाजिक सेवाहरूको पहुँच र परिमाण विस्तारलाई पनि बजेटले उत्तिकै महत्व एवम् प्राथमिकताका साथ राखको उनको भनाइ थियो ।
डा.महतले अबको युग सूचना तथा सञ्चार प्रविधिको भएकाले त्यस क्षेत्रमा लगानी भित्र्याउन नीतिगत व्यवस्था भएको पनि बताए । ज्ञान र प्रविधिमा आधारित उद्योगमा लगानी बढाउनुपर्नेमा जोड दिँदै उनले त्यसमा पूँजी लगाउन निजी क्षेत्रलाई आह्वान समेत गरे ।