काठमाडौं । बुटवल पावर कम्पनी लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ ।
विवरणअनुसार गत आवको दोस्रो त्रैमासको तुलनामा चालू आवमा कम्पनीको खुद नाफा २६ प्रतिशतले वृद्धि भएको छ । गत आवमा रू. १८ करोड १४ लाख नाफा कमाएको कम्पनीले चालू आवमा रू. २२ करोड ८७ लाख पुर्याएको छ ।
चालू आवमा कम्पनीको विद्युत् विक्री आम्दानी वृद्धि भएको छ । गत आवमा विद्युत् विक्री गरेर रू. ४२ करोड ३१ लाख आम्दानी गरेको कम्पनीले चालू आवमा रू. ४३ करोड १५ लाख पुर्याएको छ । त्यस्तै कम्पनीको वित्तीय आम्दानी वृद्धिसँगै नाफा पनि बढेको छ ।
गत आवको तुलनामा चालू आवमा १५ प्रतिशतले वित्तीय आम्दानीमा वृद्धि भएको छ । गत आवमा रू. ४ करोड ९६ लाख रहेको कम्पनीको वित्तीय आम्दानी चालू आवमा रू. ५ करोड ७३ लाख पुगेको छ ।
नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानीमा पनि वृद्धि भएको छ । गत आवमा कम्पनीको प्रतिशेयर आम्दानी रू. ५ दशमलव ७९ रहेकोमा चालू आवमा बढेर रू. ६ दशलमव ७१ पुगेको छ । त्यस्तै कम्पनीको मूल्य आम्दानी अनुपात ४९ दशमलव ४८ गुणा, तरलता अनुपात ४ दशमलव ४८ गुणा र प्रतिशेयर नेटवर्थ रू. २०४ दशमलव ६४ रहेको छ ।
चुक्तापूँजी रू. ३ अर्ब ४० करोड रहेको कम्पनीले चालू आवको दोस्रो त्रैमाससम्म जगेडामा रू. ३ अर्ब ५६ करोड सञ्चित गरेको छ ।