काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेशनले आसन्न तिहार छठ तथा नेपाल संवत् पर्वलाई लक्षित गरी थप चिनी भित्र्याउन शुरु गरेको छ ।
यस क्रममा बुधवार कर्पोरेशनले भारतबाट ५० किलोग्रामका दुई हजार दुई सय बोरा चिनी वीरगञ्जस्थित आफ्नो गोदामघरमा भित्र्याएको जनाएको छ ।
थप चिनीको परिणाम भित्रिन शुरु भएकाले आसन्न पर्वहरू एवं अन्य समयमा पनि चिनीको अभाव नहुने कर्पोरेशनले जनाएको छ । रासस