काठमाडौं। कैलालीको धनगढीमा आगामी पुस ५ गते ‘बजाज माइलेज च्याम्पियन’ हुने भएको छ । बजाज कम्पनीको प्लाटिना मोटरसाइकलको उच्चतम माइलेज क्षमता प्रदर्शन गर्न माइलेज च्याम्पियनको आयोजना गरिएको बताइएको छ । धनगढीको चटकपुर चोकअन्तर्गत ट्रक व्यवसाय भवनमा आगामी शुक्रवार यो कार्यक्रम गरिने कम्पनीले जानकारी दिएको छ ।
यो कार्यक्रमले बजाज प्लाटिनाको इन्धन बचत र भरपर्दो विशेषतालाई झल्काउनुका साथै चालकबीच मैत्रीपूर्ण प्रतिस्पर्धाको भावना प्रवर्द्धन गर्ने विश्वास आयोजकको छ । कार्यक्रममा जो कोही मोटरसाइकल चालक सहभागी हुन सक्ने बताइएको छ । माइलेज च्याम्पियनमा सहभागी चालकले तोकिएको इन्धन मात्रामा सबैभन्दा धेरै दूरी तय गर्ने लक्ष्यसहित प्रतिस्पर्धा गर्नेछन् । कार्यक्रमले बजाज प्लाटिनाको इन्धन दक्षता र विश्वासनीयतालाई उजागर गर्ने कम्पनीको दाबी छ । पछिल्लो समय पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएसँगै आम ग्राहकमा यो मोटरसाइकल अत्यधिक लोकप्रिय रहेको कम्पनीको भनाइ छ । यो मोटरसाइकलको विशेषता, माइलेजबारे जानकारी दिन च्याम्पियनको आयोजना गरिएको बजाजका एरिया सेल्स म्यानेजर रविन खत्रीले बताए ।