काठमाडौं । चाइना साउदर्न एयरलाइन्सले नेपालका दुई अन्तरराष्ट्रिय विमानस्थल भैरहवा र पोखरामा उडान गर्न चाहेको बताएको छ।
एयरलाइन्सका प्रतिनिधिले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेसँग भेट गरी ती अन्तरराष्ट्रिय विमानस्थलमा उडान भर्ने विषयमा छलफल गरेको मन्त्रीको सचिवालयले जनाएको छ ।
४० ओटाभन्दा बढी मुलुकमा सेवा दिँदै आएको चाइना साउदर्न चीनको एक नम्बर एयरलाइन्स भएकाले नेपालमा समेत आफ्नो सेवा उत्कृष्ट रहेको दाबी गरिएको छ ।
हाल यो एयरलाइन्सले गौन्जाउ-काठमाडौं नियमित उडान भर्दै आएको छ ।