मुलुकको समग्र आर्थिक वस्तुस्थितिलाई दर्शाउने गरी नेपाल राष्ट्र बैंकले देशको आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक गरेको छ । यी समग्र चित्रणका केही पक्ष यसप्रकार रहेका छन् । सर्वप्रथम मुद्रास्फीतिमा सुधारका लक्षणहरू देखापरेका छन् । २०८१ वैशाख महीनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ४ दशमलव ४ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महीनामा यस्तो मुद्रास्फीति ७ दशमलव ४१ प्रतिशत रहेको थियो । समीक्षा महीनामा खाद्य तथा पेय पदार्थसमूहको मुद्रास्फीति ६ दशमलव २७ प्रतिशत र गैरखाद्य तथा सेवासमूहको मुद्रास्फीति २ दशमलव ९६ प्रतिशत रहेको छ । खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीतिमा सुधार आउनुमा खाद्य तेलको मूल्यमा आएको सुधार प्रमुख कारण रहेको देखिन्छ । खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीतिमा सुधार आउनुमा सञ्चार क्षेत्रको मुद्रास्फीतिमा आएको सुधार प्रमुख कारण रहेको देखिन्छ ।
समीक्षा महीनामा खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत तरकारी उपसमूहको वार्षिक बिन्दुगत मूल्य सूचकाङ्क २३ दशमलव ११ प्रतिशत, दाल तथा गेडागुडीको १० दशमलव ८५ प्रतिशत, मरमसलाको ८ दशमलव ९८ प्रतिशत, खाद्य तथा खाद्यजन्य पदार्थको ७ दशमलव ४२ प्रतिशत र चिनी तथा चिनीजन्य वस्तुहरूको ७ दशमलव २५ प्रतिशतले बढेको छ भने घ्यू तथा तेल उपसमूहको वार्षिक बिन्दुगत मूल्य सूचकांक ७ दशमलव १३ प्रतिशतले घटेको छ ।
समीक्षा महीनामा गैरखाद्य तथा सेवा समूहअन्तर्गत विविध वस्तु तथा सेवाहरू उपसमूहको वार्षिक बिन्दुगत मूल्य सूचकांक १२ दशमलव २६ प्रतिशत, शिक्षाको ५ दशमलव ६४ प्रतिशत र कपडाजन्य तथा जुत्ता चप्पलको ३ दशमलव ४६ प्रतिशतले बढेको छ भने सञ्चार उपसमूहको वार्षिक बिन्दुगत मूल्य सूचकांक शून्य दशमलव ४८ प्रतिशतले घटेको छ ।
कृषिक्षेत्रमा बृहत् लगानी भित्र्याउन वर्तमान भूमिनीतिमा आमूल परिवर्तन गर्न जरुरी छ । भूमिपति र धनाढ्यहरूलाई त्रासमा राख्ने वर्तमान सामाजिक र राजनीतिक पर्यावरणमा पनि सुधार ल्याउन जरुरी छ ।
२०८१ वैशाख महीनामा काठमाडौं उपत्यकाको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ४ दशमलव ३० प्रतिशत, तराईको ४ दशमलव ३२ प्रतिशत, पहाडको ४ दशमलव ७० प्रतिशत र हिमालको ४ दशमलव २२ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महीनामा उक्त क्षेत्रहरूको यस्तो मुद्रास्फीति क्रमश: ७ दशमलव ६८ प्रतिशत, ७ दशमलव १५ प्रतिशत, ७ दशमलव ५७ प्रतिशत र ७ दशमलव १२ प्रतिशत रहेको थियो ।
निर्यातमा ह्रास आउने क्रम कम भएको नेपालको वैदेशिक व्यापारको वस्तुतर्फको निर्यात व्यापारले दर्शाएको छ । आर्थिक वर्ष (आव) २०८०/८१ को १० महीनामा कुल वस्तु निर्यात ३ दशमलव ६ प्रतिशतले कमी आई रू. १२६ अर्ब १७ करोड कायम भएको छ जबकि अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यातमा २४ दशमलव ५ प्रतिशतले ह्रास आएको थियो । गन्तव्यका आधारमा भारत तथा अन्य मुलुकतर्फ भएको निर्यात क्रमश: ५ दशमलव ६ प्रतिशत र १ दशमलव ४ प्रतिशतले कमी आएको छ भने चीनतर्फको निर्यात ६८ दशमलव १ प्रतिशतले वृद्धि भएको छ । भारततर्फको निर्यातमा ह्रास आउनुमा पामतेल, भटमासको तेल र सूर्यमुखी तेलमा आएको ह्रास प्रमुख कारण रहेको छ । परन्तु फलाम, स्टील तथा तिनका उत्पादनहरू, प्लाइऊड र जुसको निर्यातमा भएको वृद्धिका कारण भारततर्फको निर्यातमा आउने अझ ठूलो ह्रासमा कमी देखिएको छ । अन्य मुलुकतर्फ तयारी पोशाकको निर्यातमा वृद्धि देखिए तापनि अधिकांश वस्तुहरूको निर्यातमा ह्रास आएको छ । चीनले उत्तरतर्फका भन्सार विन्दुहरू खुला गरेपछि चीनतर्फको निर्यातमा सुधार आएको देखिन्छ ।
आव २०८०/८१ को १० महीनामा कुल वस्तु आयात २ दशमलव ४ प्रतिशतले कमी आई रू.१३०३ अर्ब ३६ करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयातमा १६ दशमलव ८ प्रतिशतले कमी आएको थियो । पेट्रोलियम पदार्थ, फलाम र स्टील तथा अन्नको आयातमा आएको कमीका कारण आयातमा यस्तो अवस्था सृजना भएको देखिन्छ । चीनसँग उत्तरी नाकाहरूमा आवातजावत सहज भएसँगै नेपालको चीनसँगको निर्यात र आयात दुवै व्यापारमा वृद्धि भएको छ । सोयाबिन तेल, सुन, कच्चा पामतेल र कच्चा सूर्यमुखी तेलको आयातमा ह्रास आउँदा अन्य मुलुकतर्फको आयातमा सुधार आएको देखिन्छ । सवारीसाधन तथा स्पेयर पार्टपुर्जा, तयारी पोशाक, विद्युतीय उपकरण, लत्ताकपडाका वस्तुको आयातमा भएको वृद्धिका कारण चीनतर्फको आयातमा वृद्धि भएको देखिन्छ । परन्तु, आयात र निर्यातको ह्रास अनुपातमा रहेको विषमताका कारण निर्यात आयात अनुपात ९ दशमलव ७० प्रतिशतबाट बढेर ९ दशमलव ८० प्रतिशतमा उक्लेको छ ।
भारततर्फको आयातमा परिवत्र्य विदेशी मुद्रामा आयात गर्ने प्रवृत्तिमा सुधार आएको छ । समीक्षा अवधिमा भारतबाट परिवत्र्य विदेशी मुद्रा भुक्तानी गरी रू. १२२ अर्ब २ करोड बराबरको वस्तु आयात भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात रू. ११९ अर्ब ६० करोड बराबरको भएको थियो ।
बृहत् आर्थिक वर्गीकरणअनुसार समीक्षा अवधिमा भएको कुल निर्यातमा मध्यवर्ती तथा अन्तिम उपभोग्य वस्तुको अनुपात क्रमश: ५६ दशमलव ६ प्रतिशत र ४२ दशमलव ८ प्रतिशत रहेको छ भने पूँजीगत वस्तुको अनुपात नगन्य अर्थात् शून्य दशमलव ६ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा भएको कुल निर्यातमा मध्यवर्ती, पूँजीगत तथा अन्तिम उपभोग्य वस्तुको अनुपात क्रमश: ५४ दशमलव ९ प्रतिशत, शून्य दशमलव ६ प्रतिशत र ४४ दशमलव ५ प्रतिशत रहेको थियो ।
समीक्षा अवधिमा भएको कुल आयातमा मध्यवर्ती वस्तुको अनुपात ४८ दशमलव ९ प्रतिशत, पूँजीगत वस्तुको ९ दशमलव ३ प्रतिशत तथा अन्तिम उपभोग्य वस्तुको अनुपात ४१ दशमलव ८ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यी अनुपातहरू क्रमश: ५३ दशमलव २ प्रतिशत, ८ दशमलव ४ प्रतिशत र ३८ दशमलव ४ प्रतिशत रहेका थिए । यी तथ्यांकले नेपालको वस्तुतर्फको वैदेशिक व्यापारमा कच्चापदार्थको निर्यातको अंश बढ्दै गएको तथा तयारी मालवस्तुको अंश घट्दै गएको एवम् आयाततर्फ तयारी मालवस्तुको अंशमा वृद्धि हुँदै गएको र कच्चापदार्थको आयातको अंशमा ह्रास आउँदै गरेको प्रवृत्ति देखापर्न थालेको संकेत गरेको छ । यसले कहीँ न कहीँ देशभित्र आर्थिक गतिविधि सुस्त हुँदै जाने संकेत गर्छ ।
समीक्षा अवधिमा नेपालको वैदेशिक व्यापारको सेवातर्फको व्यापारघाटा रू. ५१ अर्ब ९२ करोड रहेको छ देखिन्छ । अघिल्लो वर्षको सोही अवधिमा खुद सेवा आय रू. ६५ अर्ब ८८ करोडले घाटामा रहेको थियो । सेवा व्यापारमा नेपालमा घाटामा रहेतापनि अघिल्लो आवको तुलनामा सेवा व्यापारघाटामा सुधार आएको छ । भ्रमण व्ययमा भएको वृद्धिका कारण सेवा व्यापारमा अपेक्षाकृत सुधार आउन नसके तापनि भ्रमण आयमा भएको वृद्धि एवम् सूचनाप्रविधि सेवा आयमा आएको सुधारका कारण नेपालको सेवा व्यापार थप नकारात्मक हुनबाट रोकिएको देखिन्छ । समीक्षा अवधिमा भ्रमण आय ३५ दशमलव १ प्रतिशतले वृद्धि भई रू. ६९ अर्ब ४१ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय रू. ५१ अर्ब ३७ करोड रहेको थियो । समीक्षा अवधिमा सेवा खाता अन्तर्गत भ्रमण व्यय ३९ दशमलव ५ प्रतिशतले वृद्धि भई रू. १५६ अर्ब ९५ करोड पुगेको छ । यसमध्ये शिक्षातर्फको व्यय रू. १०४ अर्ब २५ करोड रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा भ्रमण व्यय रू. ११२ अर्ब ५२ करोड रहेकोमा शिक्षातर्फको व्यय रू. ७५ अर्ब १४ करोड रहेको थियो ।
नेपालको अर्थतन्त्रका आधारभूत तङ्खवहरू बलियो रहेको र यी बलिया आधारमा रहेका तङ्खवहरूको सही परिचालन गर्न सकेको खण्डमा अर्थतन्त्रमा चामत्कारिक वृद्धि आउने संकेत गरेको छ । यसका लागि कडा तर देशको अर्थतन्त्रका लागि अपरिहार्य रहेका केही कदमको सर्वत्र अपेक्षा गरिएको छ ।
विप्रेषण आप्रवाहमा सुधारको क्रम जारी रहेको छ । परन्तु अघिल्लो वर्षको तुलनामा विप्रेषण आयमा वृद्धि हुने क्रममा केही ह्रास आएको छ । समीक्षा अवधिमा विप्रेषण आप्रवाह १९ दशमलव २ प्रतिशतले वृद्धि भई रू. ११९८ अर्ब ६० करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २३ दशमलव ४ प्रतिशतले बढेको थियो । वैदेशिक रोजगारतर्फ श्रमस्वीकृति लिने नेपालीको संख्यामा केही ह्रास आएको छ । समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रमस्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या ३ लाख ७४ हजार ८८७ र पुन: श्रम स्वीकृति लिनेको संख्या २ लाख ३७ हजार ८९३ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या क्रमश: ४ लाख २१ हजार २७९ र २ लाख ३८ हजार ९७६ रहेको थियो ।
मुलुकको समग्र आर्थिक स्वास्थ्यको मापन गर्ने औजारका रूपमा मानिएको चालू खाता रू. १९३ अर्ब २५ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालू खाता रू. ६३ अर्ब ७४ करोडले घाटामा रहेको थियो ।
यस अवधिमा खुद प्रत्यक्ष वैदेशिक लगानी रू. ६ अर्ब ९८ करोडले धनात्मक रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा खुद प्रत्यक्ष वैदेशिक लगानी रू. ४ अर्ब ३६ करोडले धनात्मक रहेको थियो । सारांशमा भन्नुपर्दा समीक्षा अवधिमा शोधनान्तर स्थिति रू. ३९२ अर्ब ६४ करोडले बचतमा रहेको छ जबकि अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति रू. २०९ अर्ब ४९ करोडले बचतमा रहेको थियो ।
कुल विदेशी विनिमय सञ्चितिका दृष्टिले पनि चालू आवको प्रथम १० महीनासम्मको वस्तुस्थिति उत्साहजनक रहेको छ । २०८० असार मसान्तमा रू. १५३९ अर्ब ३६ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति २६.२ प्रतिशतले वृद्धि भई २०८१ वैशाख मसान्तमा रू. १९४२ अर्ब ४० करोड पुगेको छ । यसरी नेपाली बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १५ दशमलव १ महीनाको वस्तु आयात र १२ दशमलव ६ महीनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ ।
नेपाली मुद्राको अमेरिकी डलरसँगको विनिमय दरमा पनि अघिल्लो आवको सोही अवधिमा रहेको अवमूल्यनभन्दा केही सुधार आएको छ । २०८० असार मसान्तको तुलनामा २०८१ वैशाख मसान्तमा अमेरिकी डलरसँग नेपाली रुपैयाँ १ दशमलव ६१ प्रतिशतले अवमूल्यन भएको छ । अघिल्लो वर्षको सोही अवधिमा नेपाली रुपैयाँ २ दशमलव ७९ प्रतिशतले अवमूल्यन भएको थियो ।
परन्तु, सरकारी वित्त स्थितिको अवस्थामा भने सन्तोषजनक अवस्था विद्यमान रहेको देखिँदैन । आव २०८०/८१ को यस १० महीनामा नेपाल सरकारको कुल खर्च रू. १० खर्ब ५६ अर्ब ८९ करोड भएको छ । सरकारी खर्च गत आवको पहिलो १० महीनामा १५ दशमलव ३ प्रतिशतले वृद्घि भएकोमा समीक्षा अवधिमा शून्य दशमलव ९ प्रतिशतले मात्र वृद्धि भएको छ ।
समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप रू. ४४३ अर्ब ८ करोड (७ दशमलव ८ प्रतिशत) ले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निक्षेप रू. ३७० अर्ब ७८ करोड (७ दशमलव ३ प्रतिशत) ले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा २०८१ वैशाख मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप १२ दशमलव ८ प्रतिशतले बढेको छ ।
समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरूबाट निजीक्षेत्रमा प्रवाहित कर्जा प्रवाह ४ दशमलव ७ प्रतिशतले वृद्धि भई रू. २२५ अर्ब २४ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा रू. १५३ अर्ब १७ करोड (३ दशमलव ३ प्रतिशत) ले बढेको थियो ।
आव २०८०/८१ को १० महीनामा बैंक तथा वित्तीय संस्थाहरूको लगानीमा रहेको कर्जामध्ये कृषि क्षेत्रतर्फ प्रवाह भएको कर्जा शून्य दशमलव ४ प्रतिशतले, औद्योगिक उत्पादन क्षेत्रतर्फको कर्जा ८ दशमलव १ प्रतिशतले, निर्माण क्षेत्रतर्फको कर्जा ९ दशमलव ८ प्रतिशतले, यातायात, सञ्चार तथा सार्वजनिक सेवा क्षेत्रतर्फको कर्जा १२ दशमलव शून्य प्रतिशतले, थोक तथा खुद्रा व्यापार क्षेत्रतर्फको कर्जा ३ दशमलव १ प्रतिशतले, सेवा उद्योग क्षेत्रतर्फको कर्जा ५ दशमलव शून्य प्रतिशतले र उपभोग्य क्षेत्रतर्फको कर्जा ५ दशमलव ६ प्रतिशतले बढेको छ । समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरूबाट प्रवाहित कर्जामध्ये आवधिक कर्जा १८ दशमलव ८ प्रतिशतले, नगद प्रवाह कर्जा २५ दशमलव ६ प्रतिशतले, रियल इस्टेट कर्जा (व्यक्तिगत आवासीय घर कर्जासमेत) ६ दशमलव ८ प्रतिशतले र मार्जिन प्रकृतिको कर्जा १२ दशमलव ६ प्रतिशतले बढेको छ भने आयात कर्जा शून्य दशमलव ५ प्रतिशतले र हायर पर्चेज कर्जा २१ दशमलव ८ प्रतिशतले घटेको छ ।
अमेरिकी डलरमा भारतीय रुपया खरीद गर्ने प्रवृत्तिमा पनि यस आवको पहिलो १० महीनामा केही सुधार आएको छ । समीक्षा अवधिमा अमेरिकी डलर ३ अर्ब २२ करोड विक्री गरी रू.४२८ अर्ब ४१ करोड बराबरको भारतीय रुपया खरिद भएको छ । अघिल्लो वर्षको सोही अवधिमा अमेरिकी डलर ३ अर्ब ८६ करोड बिक्री गरी रू. ५०४ अर्ब ११ करोड बराबरको भारतीय रुपया खरीद भएको थियो ।
समीक्षा अवधिमा धितोपत्र बजार पूँजीकरणमा पनि सुधार आएको छ । २०८१ वैशाख मसान्तमा धितोपत्र बजार पूँजीकरण रू.३१६९ अर्ब ४८ करोड कायम भएको छ । २०८० वैशाख मसान्तमा बजार पूँजीकरण रू. २६५७ अर्ब ७६ करोड रहेको थियो ।
उपर्युक्त तथ्यांकहरूले नेपालको अर्थतन्त्रका आधारभूत तत्त्वहरू बलियो रहेको र यी बलियो आधारमा रहेका तत्त्वहरूको सही परिचालन गर्न सकेको खण्डमा अर्थतन्त्रमा चामत्कारिक वृद्धि आउने संकेत गरेको छ । यसका लागि केही कडा तर देशको अर्थतन्त्रका लागि अपरिहार्य रहेका केही कदमको सर्वत्र अपेक्षा गरिएको छ । सर्वप्रथम वर्तमान करका दरहरूमा सुधार ल्याउन जरुरी छ । प्रारम्भिक अवस्थामा रहेको औद्योगिक क्षेत्र र लगानीको कमी रहेको सन्दर्भमा नेपालमा विद्यमान करका दरहरू कम्तीमा १ अंकमा झार्नु आवश्यक देखिन्छ । दोस्रो, अर्थतन्त्रलाई चलायमान गराउने यातायातका साधनहरूमा लगाइने गरिएको आयातकरलाई पूँजीनिर्माण गर्ने वस्तुहरूमा वर्गीकरण गरी शून्य दरमा झार्नु आवश्यक देखिन्छ । त्यस्तै अर्थतन्त्रको जगका रूपमा रहेको पेट्रोलियम उत्पादनलाई पनि सबै प्रकारका करबाट मुक्त राख्नु आवश्यक छ । यसो गर्न सकेको खण्डमा नेपालमा व्यवसाय गर्ने लागतमा सुधार आई नेपाली वस्तुहरू अझ प्रतिस्पर्धी हुने र यसले निर्यात प्रवर्द्धन र आयात प्रतिस्थापनमा योगदान दिने निश्चित छ । वर्तमान समयमा रहेको कर्जाको दरलाई पनि विकसित मुलुकले तोकेको दरहरूसरह लागू गर्नुपर्छ । यसले पनि व्यवसायमा लाग्ने लागत खर्चमा धेरै सुधार ल्याउन सक्ने देखिन्छ । यी आर्थिक रूपान्तरणसँगै प्रशासनिक रूपान्तरण पनि त्यत्तिकै जरुरी छ । वर्तमान समयमा विद्यमान भीमकायी प्रशासनिक संरचनालाई सानो आकारको संरचनामा रूपान्तरण गर्न व्यापक प्रशासनिक सुधारमा जान पनि त्यत्तिकै आवश्यक देखिएको छ । आत्मनिर्भर सार्वजनिक प्रशासनको अवधारणा अंगीकार गरी वर्तमान करमा आधारित तलबभुक्तानी प्रणालीलाई आयमा आधारित तलब भुक्तानी प्रणालीमा रूपान्तरण गरी करमा निर्भर राज्य सञ्चालन प्रणालीलाई स्वआयमा आधारित राज्य सञ्चालन प्रणालीमा रूपान्तरण गर्नु जरुरी छ ।
तेस्रो, कृषिक्षेत्रमा बृहत् लगानी भित्त्याउन वर्तमान भूमिनीतिमा आमूल परिवर्तन गर्न जरुरी छ । भूमिपति र धनाढ्यहरूलाई त्रासमा राख्ने वर्तमान सामाजिक र राजनीतिक पर्यावरणमा पनि सुधार ल्याउन जरूरी छ । यी पक्षमा सुधार गर्दा साथ नेपालको वर्तमान सकारात्मक आर्थिक र वित्तीय स्थिति रूपी उर्वर भूमिमा नेपालको अर्थतन्त्रले चामत्कारिक उपलब्धि प्राप्त हुने निश्चित छ ।
लेखक व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रका वरिष्ठ अधिकृत हुन् ।मुलुकको समग्र आर्थिक वस्तुस्थितिलाई दर्शाउने गरी नेपाल राष्ट्र बैंकले देशको आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक गरेको छ । यी समग्र चित्रणका केही पक्ष यसप्रकार रहेका छन् । सर्वप्रथम मुद्रास्फीतिमा सुधारका लक्षणहरू देखापरेका छन् । २०८१ वैशाख महीनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ४ दशमलव ४ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महीनामा यस्तो मुद्रास्फीति ७ दशमलव ४१ प्रतिशत रहेको थियो । समीक्षा महीनामा खाद्य तथा पेय पदार्थसमूहको मुद्रास्फीति ६ दशमलव २७ प्रतिशत र गैरखाद्य तथा सेवासमूहको मुद्रास्फीति २ दशमलव ९६ प्रतिशत रहेको छ । खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीतिमा सुधार आउनुमा खाद्य तेलको मूल्यमा आएको सुधार प्रमुख कारण रहेको देखिन्छ । खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीतिमा सुधार आउनुमा सञ्चार क्षेत्रको मुद्रास्फीतिमा आएको सुधार प्रमुख कारण रहेको देखिन्छ ।

लेखक व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रका वरिष्ठ अधिकृत हुन् ।