काठमाडौं । आरविवि म्युचुअल फण्ड १ ले चैत मसान्तसम्म रू. १ करोड ३८ लाखभन्दा बढी नाफा गरेको छ । आरविवि म्युचुअल फण्डअन्तर्गत सञ्चालित यो योजनाले चैत मसान्तसम्म नाफामा सुधार गरेको हो ।
फागुन मसान्तसम्म योजना रू. ६१ लाख २१ हजारभन्दा बढी नोक्सानीमा रहेको थियो । चैत मसान्तसम्म योजनाको जम्मा आम्दानी रू. २ करोड ८९ लाखभन्दा बढी रहेको छ । फागुन मसान्तसम्म यो आम्दानी रू. ७२ लाख ९३ हजारभन्दा बढी मात्र थियो ।
फागुन मसान्तसम्म योजनाको प्रतिइकाई खुद मूल्य रू. ८ दशमलव ९२ रहेकोमा चैत मसान्तसम्म रू. ९ दशमलव शून्य ८ रहेको थियो । चैत मसान्तसम्म योजनाले बैंक मुद्दती निक्षेपमा १८ करोड ७५ लाख लगानी गरेको छ ।
चैत मसान्तसम्म योजनाले धितोपत्रमा गरेको लगानी रू. ९३ करोड ४९ लाखभन्दा बढी रहेको छ । योजनाले धितोपत्रमा गरेको लगानीको बजार मूल्य भने रू. ७२ करोड ४२ लाख मात्र रहेको छ । धितोपत्र दोस्रो बजार घटिरहेको असर कम्पनीको धितोपत्रमा भएको लगानीको बजार मूल्यमा परेको हो । सातवर्षे अवधिको बन्दमुखी प्रकृतिको यो योजना २०८५ साल साउन ६ गते परिपक्व हुनेछ । योजनाले १२ करोड ५० लाख इकाई जारी गरेको थियो ।