काठमाडौं । नेपालका लागि चांगानको आधिकारिक विक्रेता एमएडब्ल्यू वृद्धिले चितवनमा दिपलका विद्युतीय गाडी (ईभी)को विक्रीको एक कार्यक्रमबीच औपचारिक शुरुआत गरेको छ ।
बुधवार आयोजना भएको कार्यक्रममा चितवन उद्योग वाणिज्य संघका अध्यक्ष सुमनकुमार श्रेष्ठ, राजहंस अटोमोबाइलका निर्देशक दिलिप थानेत, एमएडब्ल्यू वृद्धिका कार्यकारी निर्देशक विवेक सिकारिया लगायतले फ्युचरिस्टिक डिजायन र कटिङ एज टेक्नोलोजीले भरिएको दिपल एस०७एल र दिपल ई०७ लाई सार्वजनिक गरेका हुन् ।
कार्यक्रममा उद्योग वाणिज्य संघ, चितवनका अध्यक्ष श्रेष्ठले चांगान र अन्य ब्रान्डले विक्री मात्र नभई विक्रीपछिको सेवा र ग्राहक सन्तुष्टिलाई प्राथमिकतामा राख्नुपर्ने बताए ।
एमएडब्ल्यू वृद्धिका प्रमुख कार्यकारी अधिकृत रूपेश भट्ट शर्माले नेपालमा सार्वजनिक भएको एक वर्षमा आठ सयभन्दा बढी दिपल विक्री भइसकेको र यसको डिजाइन तथा प्रविधिका कारण ईभीप्रेमीको रोजाइमा परेको बताए । उनले दिपलको विक्री र विक्रीपछिको सेवालाई देशभर विस्तार गर्ने क्रममा चितवनका लागि राजहंश अटोमोबाइलसँग जोडिएको बताए ।
सो अवसरमा बिहीवारदेखि तीन दिनका लागि टेस्ट ड्राइभ एन्ड एक्सचेन्ज क्याम्प शुरू भएको बताइएको छ ।