चितवन। रियल स्टेट कम्पनी सिटी हाउजिङ ग्रुपद्वारा सञ्चालित सुख भिल्लाजले चितवनमा बुकिङ शुरू गरेको छ । कम्पनीले भरतपुर–९ स्थित ५२ कठ्ठा क्षेत्रफलमा सुविधा सम्पन्न ७२ ओटा घर बनाउन शुरू गरेको छ । भिल्लाजले यसअघि काठमाडौंका बाफल, सानो भर्याङ, वीरगञ्जमा आफ्नो सेवा विस्तार गरिसकेको जानकारी दिएको छ ।
कम्पनीका सञ्चालक सदस्य सौरभ तिमिल्सिनाले भरतपुरको भवन बुकिङमा छूट योजना ल्याइएको बताए । उनले भने, ‘कम्पनीले १० धुरमा निर्माण गरिने २६९५ वर्गफुटको अढाई तले एउटा भिल्लाको मूल्य २ करोड ६५ लाख रुपैयाँ राखेको छ । अहिले बुकिङ गर्नेहरूलाई ४० लाख छूट दिइनेछ ।’
सुख भिल्लाजले सरल भुक्तानी योजना समेत ल्याएको जानकारी दिएको छ, जसअनुसार बुकिङ गर्दा ५, सम्झौता गर्दा १५, डिपिसी गरेपछि १०, भुइँ तला स्लाबपछि १०, दोस्रो तला स्लाबपछि १५, प्लास्टरपछि १०, रङरोगनपछि १०, फिनिसिङपछि १०, भवन हस्तान्तरणपछि १० र परियोजना हस्तान्तरणपछि ५ प्रतिशत भुक्तानी गर्नुपर्नेछ । बुकिङ गरेको दुई वर्षमा भवन हस्तान्तरण गरिने र अढाई वर्षमा परियोजना हस्तान्तरण हुने बताइएको छ ।