काठमाडौं । होटल हिमालयले ‘क्रिसमस केक मिक्सिङ’ समारोह सम्पन्न गरेको छ । क्रिसमस आगमनको अवसरमा होटलले उक्त समारोह आयोजना गरेको हो । समारोहमा बदाम, काजु, किशमिश, खजुर, अंजीर, सुकेको चेरी, पिस्ता, दालचिनी, ल्वाङ, जायफल, सुक्खा अदुवा, क्यान्डिड फल, ओखरको स–सानो टुक्राको मिश्रणमा रमले भिजाइएको थियो ।
यसरी भिजाइएको मिश्रण एयरटाइट कन्टेनरमा ३–४ हप्तासम्म राखिनेछ । त्यसपछि उक्त केक कार्यक्रममा आएका पाहुनालाई वितरण गरिएको होटल हिमालयले जनाएको छ । कार्यक्रममा अभिनेता धिरेन शाक्यसहित मिस नेपाल २०२४ शीर्ष ५ प्रतिस्पर्धीसमेत सहभागी भएको होटल हिमालयले जनाएको छ ।