काठमाडौं। सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र काठमाडौंको लाजिम्पाटस्थित होटल ली हिमालयबीच बैंकका ग्राहकलाई छूट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
सम्झौतापश्चात् बैंकका कार्डवाहक र मोबाइल बैंकिङ प्रयोगकर्ताले होटलका सेवामा १५ प्रतिशतसम्मको छूट पाउनेछन् । यस सहकार्यबाट बैंकका ग्राहक लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारतर्फ उत्प्रेरित हुने बैंकको विश्वास छ ।
बैंकले डिजिटल बैंकिङको प्रयोग बढाउन र ग्राहकलाई डिजिटल माध्यमबाट भुक्तानीमा प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधा सञ्चालनमा ल्याउँदै आएको बताइएको छ । डिजिटल कारोबार गर्दा पाइने छूटसम्बन्धी विस्तृत विवरण बैंकको वेबसाइटमा प्राप्त गर्न सकिने बैंकले जानकारी दिएको छ । बैंकले १९७ शाखा, १६२ एटिएम, ३ विस्तारित काउन्टर र ७४ शाखारहित बैंकिङ इकाइबाट सेवा दिँदै आएको बताइएको छ ।